डडेलधुरा र सल्यानमा भएको छुट्टाछुट्टै दुर्घटना हुँदा ४ को मृत्यु, १९ घाइते

सदरलाइन संवाददाता १२ भाद्र २०८२, बिहीबार १४:०६
 

नेपालगञ्ज :  बिहीबार डडेलधुरा र सल्यानमा भएकोे छुट्टाछुट्टै सडक दुर्घटनामा परेर ४ को मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् । डडेलधुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थल मै मृत्यु भएको छ । बिहीबार बिहान करिब ८ः०० बजेको समयमा से १ज ७३८ नं. को जिप दुर्घटनामा परेको हो ।

ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप सडक भन्दा करिब ५०० मिटर तल खसेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

घटनास्थल जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर टाढां बैतडीको सिगास गाउँपालिकासँग सीमा जोडिएको चौडको कच्ची सडकमा जिप दुर्घटना भएको हो ।


दुर्घटनाको खबर पाएपछि करिब साढे आठ बजेको समयमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरोको प्रहरी टोलीसहित एम्बुलेन्स घटना स्थल तर्फ हिँडेको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ । दुर्घटना भएको जिप जङ्गलको बिच झाडीमा अड्किएको जनाएको छ । प्रहरी घटनास्थल पुगेपछि विस्तृत जानकारी प्राप्त हुने जिल्ला प्रहरीले जनाएको छ ।

यसैगरी सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । बिहीबार दिउँसो लु १ ज २३६८ नम्बरको जिप रेसमज्युलानजिकै ग्रामीण सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिप अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

जिपमा २० जना सवार मध्ये १९ जना घाइते भएका छन् । घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । उनका अनुसार जिप चालक शारदा नगरपालिका–६ बस्ने २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रस्तावित शिक्षा विद्येयक विरुद्ध प्याब्सन बाँकेको आयोजनामा बिरोध सभा

१२ भाद्र २०८२, बिहीबार १४:०६
नेपालगञ्ज :  प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन प्याब्सन, एनप्याब्सनलगायतका संघसंस्थाहरुले आफ्ना बिरोध जनाउदै आएका छन् । बाँकेमा रहेका नीजि तथा प्राईभेट विद्यालय सञ्चालकहरु विद्यालय बन्द गरेर प्याब्सन बाँकेको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडि ध्यानाकर्षण कोणसभाको आयोजना गरिएको थियो । सो कोण सभामा बाँके क्षेत्र […]