महिनावारी बार्न त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

सदरलाइन संवाददाता १३ भाद्र २०८२, शुक्रबार ११:४८
 

नेपालगञ्ज : अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुसँगै सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ ।


पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर दुवै जना महिला त्रिपालमुनि सुतेका थिए । रत्नाकी सात वर्षीया छोरी कविता भने आमाको माया लागेको भन्दै सँगै सुतेकी थिइन् । मृतक खनाल र भण्डारी दुवै जना माइत आएका थिए ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अछाममा छाउगोठ भत्काइए पनि महिनावारी भएकाहरुलाई त्रिपाल टाँगेर खेतबारीमा र ओढारमा राख्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा छलफल

१३ भाद्र २०८२, शुक्रबार ११:४८
नेपालगञ्ज : बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालगञ्जमा आयोजित कार्यक्रममा संक्रमणकालीन न्याय प्रक्रियामा भइरहेको ढिलासुस्तीप्रति सरोकारवालाले आपत्ति जनाएका छन् । ‘संक्रमणकालीन न्यायको वर्तमान अवस्था र पीडितको न्याय’ विषयक छलफलमा सहभागी वक्ताहरूले दशक लामो सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका नागरिक अझै न्यायविहीन अवस्थामा रहेको उल्लेख गर्दै पीडितमैत्री कानुन निर्माण […]