२० औं स्थापना दिवसको अवसरमा अछामी सेवा समाजको बृहत रक्तदान

सदरलाइन संवाददाता १० श्रावण २०८२, शनिबार १८:५६
 

नेपालगञ्ज : अछामी सेवा समाज नेपालगञ्ज बाँकेको २० औं स्थापना दिवसको अवसरमा शनिबार बृहत रक्तदान गरिएको छ । अछामी सेवा समाज नेपालगञ्ज बाँकेको आयोजनामा भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानबाट ६१ पिन्ट रगत संकलन गरिएको युवा समाजसेवी एवम् बिद्यार्थी नेता सन्तोष रावल (आर.एस) ले जानकारी दिए ।

रगतको अभावमा कोही पनि बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान गरिएको उनले बताए । समाजका अध्यक्ष पुस्करबहादुर खड्काको सभापतित्व एवम् भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहको प्रमुख आतिथ्यता एवम् भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीको विशिष्ट आतिथ्यतामा रक्तदान कार्यक्रम उद्घाटन गरिएको थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् अस्पताल विकास समितिका अध्यक्ष शाहले अछामी सेवा समाजले आफ्नो स्थापना दिवसको अवसरमा गरेको रक्तदान कार्यक्रम एकदमै सह्रानिय भएको बताए । अस्पतालका मेसु डा. सुवेदीले रक्तदान कार्यक्रमबाट संकलित रगतले धेरै बिरामीको ज्यान बचाउन मद्धत गर्ने बताए । रक्तदानमा सहभागी भएका ६१ जना रक्तदातालाई फलफुल तथा जुसको ब्यवस्था समेत गरिएको समाजसेवी रावलले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्र नेपालगञ्जले प्राविधिक सहयोग गरेको थियो । रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा प्राविधिक टोली खटिएका थिए । उक्त कार्यक्रम सञ्चालन समाजका सचिव भुपालमान बिष्टले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार' साहित्यकार तिमिल्सिनालाई

१० श्रावण २०८२, शनिबार १८:५६
नेपालगञ्ज : साहित्यकार डा. हरिप्रसाद तिमिल्सिनालाई यसवर्षको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान गरिएको छ । वरिष्ठ साहित्यकार, गीतकार तथा संगितकार स्वर्गिय मल्लको सम्झना स्वरुप परिवारका सदस्यको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले उक्त पुरस्कार कोष स्थापना गरेको थियो । स्वर्गिय मल्लको ९० औं जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार […]