
नेपालगञ्ज : थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपालगञ्ज १२ कोरियानपुरका करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरुलाई उछिन्दै बिश्व च्याम्पियन बनेका छन् । उनले ६० किलो तौलमा सिनियरतर्फ स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा सिलवर मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा गोल्ड मेडल जित्न सफल भएका छ्न । बाडियाले २ सय २० के जि उचालेर बिश्व रेकर्ड राखेका छ्न ।
करण वाडिया सङ्गै ६८ किलो तौलमा सिनियरतर्फ नेपालगन्ज ७ डिएसपी रोड का मोहित गुप्ताले स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाईन बेन्च प्रेसमा गोल्ड मेडल र स्ट्रेन्थ लिफ्टिङ्ग (हेक लिफ्ट) मा ब्राउन्च मेडल जित्न सफल भएका छन । साथै ७६ किलो तौलमा पुरुषतर्फ नेपालगञ्ज २ घरवारीटोलका सन्तोष काजी शाक्यले सिल्भर मेडल जितेका छन्
प्रतियोगिता बाँकेबाट ३ जना खेलाडी र अन्य जिल्ला बाट ६ जाना खेलाडी गरी नेपालबाट ९ जाना खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपालबाट गएको टिमले ७ वटा गोल्ड मेडल, ५ वटा सिल्भर मेडल र ब्राउन्च मेडल २ वटा गरी १४ वटा मेडल प्राप्त गरेको विजेता बाडियाले बताए । टिम ईभेन्ट मा नेपाल दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
वाडिया एक्स्ट्रिम फिटनेस नेपालगंज प्रा.ली का सदस्य समेत हुन् । वाडियाले यस अघि २०८१ सालमा कजाकिस्तानमा भएको ११ औं वल्र्ड स्ट्रेन्थ लिफ्टिङ्ग एण्ड ईन्क्लाइन बेन्च प्रेस च्याम्पियनशिप २०२४ मा नेपाल बाट स्वर्ण पदक जित्ने खेलाड़ी बनेका थिए । विश्वका ख्याती प्राप्त खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेर आफ्नो देशको र जिल्लाको सम्मान बढाएका उनले राज्यले खेल र खेलाडिमा धेरै लगानी गर्न आवश्यक भएको बताए ।


