सहयात्री नेपालद्वारा नेपालगञ्जको त्रिभुवनचोकमा ‘सहयोगका लागि चिया अभियान’को सुरुवात

सदरलाइन संवाददाता ९ श्रावण २०८२, शुक्रबार १९:२४
 

नेपालगञ्ज  : क्यान्सर पीडितको उपचार सहयोग तथा नीलसागर सेवा आश्रमको भवन निर्माण सहयोगको लागि ‘एक चिया, एक जीवन, एक परिवर्तन’ भन्ने नाराका साथ नेपालगञ्जको त्रिभुवनचोकमा ‘सहयोगका लागि चिया अभियान’को सुरुवात गरिएको छ ।

पूर्व बालक्लबमा आबद्ध सदस्यहरुद्वारा सञ्चालित सहयात्री नेपाल बाँके र स्व.बिन्दु कुँवर फाउण्डेशनका अभियन्ताहरुले सो अभियान सञ्चालन गरेका हुन ।


राष्ट्रसेवक स्वर्गीय बिन्दू कुँवरको स्मरणमा आयोजना गरिएको ‘सहयोगका लागि चियापान’ अभियानबाट संकलित रकमले नीलसागर सेवा आश्रमको निर्माणाधिन भवनमा स्वर्गीय बिन्दू कुँवरको स्मृतिमा एउटा कोठा निर्माण गर्ने लक्ष्य लिईएको सहयात्री नेपालका स्वेता गुरुङ्गले जानकारी दिईन ।

‘अभियानबाट संकलित रकमले कुँवरको स्मृतिमा एउटा कोठा निर्माण गर्न सकिएन भने पनि प्राप्त सहयोग रकमले नीलसागर सेवा आश्रमको भवन निर्माणसंगै अन्यसामाग्री तथा क्यान्सर पीडितलाई सहयोग गर्ने योजना बनाएका छौं’–सहयात्री नेपालका गुरुङ्गले भनिन ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वाधार विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छौं : मुख्यमन्त्री आचार्य

९ श्रावण २०८२, शुक्रबार १९:२४
रुपन्देही :  लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर हरेक क्षेत्रमा अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन् । नेपाल इञ्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३औं इञ्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास : अवसर र चुनौती’ विषयक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले […]

ताजा अपडेट