
नेपालगञ्ज : बाँके र बर्दियाका सम्बद्र्धन परियोजनामा आबद्ध रहेका उद्यमीलाई उद्यम सञ्चालन गर्नको लागि दुई करोड ३४ लाख रुपैया अनुदान प्रदान गरिएको छ । युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोगमा बि–ग्रुपद्वारा बाँकेका कोहलपुर, राप्तीसोनारी र बर्दियाका मधुवन नगरपालिका ठाकुरबाबा नगरपालिकाका गरी चार पालिकाका २१ सामुदायिक उद्यमहरुलाई पर्यापर्यटन उद्यम, बनमा आधारित उद्यम र कृषिमा आधारित उद्यमका लागि सो अनुदान प्रदान गरिने भएको हो ।
युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोगमा बि–ग्रुपद्वारा सञ्चालनमा ल्याएको सम्बद्र्धन परियोजना मार्फत बाँके र बर्दियाका २१ जना उद्यमीहरुलार्ई उद्यम सञ्चालन गर्नको लागि दुई करोड ३४ लाख रुपैया अनुदान प्रदान गरिएको बि–ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले जानकारी दिए ।

कोहलपुर, राप्तीसोनारी, मधुवन र ठाकुरबाबामा समुदायमा रहेर उद्यम सञ्चालन गरी समुदायमै रोजगार प्रबद्र्धन गर्दै आउनु भएका उद्यमीलाई छनौट गरी अनुदान उपलब्ध गराईएको सहयोगी नियोग आड्रा नेपालका जिविको पार्जन टिम लिडर कबिर रत्न स्थापितले जानकारी दिए ।
सम्बद्र्धन परियोजनाका २१ वटा सामुदायिक उद्यमी भित्र सफल हुनु भएकी मधुवन बर्दियाकी माया गिरीले आफुले प्राप्त गरेको अनदानले व्यवसाय सञ्चालनमा निक्कै मद्दत पुग्ने र थप राजगार सृजना गर्ने बताए ।
सम्बद्र्धन परियोजनाले पर्यापर्यटन उद्यममा ६ जना, बनमा आधारित उद्यममा ९ जना र कृषिमा अधारित उद्यममा ६ जना गरी २१ जनाले अनुदान प्राप्त गरेका छन् । आड्रा नेपालका कार्यक्रम निर्देशक डा। घनश्याम कुमार भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्तीसोनारी गाउपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, कोहलपुर नगरपालिकाकी उपप्रमुख संगिता सुवेदी मधुवन नगरपालिकाका उप-प्रमुख अनिता चौधरी र बि–ग्रुपका अध्यक्ष डा ईन्द्रबहादुर भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।


