राप्तीको टापुमा फसेकाको सकुशल उद्धार

सदरलाइन संवाददाता २६ असार २०८२, बिहीबार १४:०८
 

नेपालगञ्ज : बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले बुधबार सकुशल उद्धार गरेको छ।


गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा एक्कासी आएको बाढीका कारण नदीको बिच टापुमा फसेका थिए। सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन्। उनीहरूको अवस्था भने सामान्य रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण,

२६ असार २०८२, बिहीबार १४:०८
कोहलपुर : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको समस्या समाधान गर्न सरकारले जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरणको कामलाई तीव्रता दिएको बताएका छन् । भूमि समस्या समाधान आयोग बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको व्यवस्थापनमा बिहीवार बाँकेको कोहलपुरमा आयोजित अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै […]