मिस्टर एण्ड मिस ग्ल्याम नेपालगञ्ज सिजन २ सम्पन्न

सदरलाइन संवाददाता २५ असार २०८२, बुधबार ००:००
 

नेपालगञ्ज :
मिस्टर एण्ड मिस ग्ल्याम नेपालगञ्ज सिजन २ सम्पन्न भएको छ । नेपालगञ्जमा सम्पन्न मिस्टर एण्ड मिस ग्ल्याम नेपालगञ्ज सिजन २ को उपाधि अंश कसगर र एलिना शाहीले जितेका छन् । ११ जना प्रतिस्पर्धीका बीचमा भएको ग्राण्ड फिनालेमा दुई जना पुरुष र ९ जना महिला सहभागि थिए । बासुकी फिल्म्स प्रालीले आयोजना गरेको उक्त प्रतियोगितामा रेनी सिंह परियारले व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।

उक्त सौन्दर्य प्रतियोगितामा डक्टर अभिषेक अर्जेल, फेसन डिजाइनर ईशा थापा, तथा मिस्टर नेपाल २०२४ का फाइनलिस्ट सत्य नारायण चौधरी निर्णायकको भूमिकामा थिए । ग्राण्ड फिनालेमा प्रमुख अतिथी बासुकी फिल्म्स प्रा.ली.का प्रोपराइटर विकास गिरी रहेका थिए । प्रतियोगिताको सम्पूर्ण कोरियोग्राफी मोडल प्रतीक्षा मल्लले गरेकी थिइन् ।


२० दिनको कडा मेहनत पश्चात् सम्पन्न भएको प्रतियोगितामा एलिना शाही र अंश कसगरले जितेसंगै फस्र्ट रनरअप सन्ध्या महर तथा तन्श ओझा (पव्लिक विनर) भएका थिए । यसैगरि सेकेण्ड रनरअपको उपाधि भने कृतिका गिरीले प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा दुईवर्षमा २ सय २१ वटा आगलागीका घटना

२५ असार २०८२, बुधबार ००:००
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले सञ्चालन गरेको वारुणयन्त्र शाखाबाट वितेका दुई वर्षमा २ सय २१ वटा आगलागीका घटनामा सेवा प्रवाह गरेको छ । यी मध्ये एकतिहाई घटना विद्युत सर्ट भएर भएको पाईएको छ । शाखा प्रमुख झईन्द्रबहादुर खड्काका अनुसार २०८० सालमा ९२ वटा, २०८१ मा १०१ वटा र २०८२ को असार […]

ताजा अपडेट