बाँकेमा फस्टाउँदै माछापालन व्यवसाय

लक्ष्मी तिमिल्सेना २ श्रावण २०८२, शुक्रबार १३:१८
 

नेपालगञ्ज : बाँकेमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । सजिलै माछा पोखरी बनाउन सकिने तथा राम्रो बजारका कारण पनि माछापालन व्यवसाय तर्फ किसाहरुको आकर्षण बढेको हो । पहिले–पहिले घरमा खानका लागि माछा पाल्ने किसानले अहिले व्यवसायिक रुपमा माछा पाल्न थालेका छन् । माछा बेचेर उनीहरुले राम्रो आम्दानी गरीरहेका छन् ।

भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बाँकेका वरिस्ठ मत्स्यबिकास अधिकृत कमला अधिकारीका अनुसार जिल्लामा २ सय २८ जना किसानले व्यवसायीक रुपमा माछा पालन गरिरहेका छन् । माछा पालन व्यवसाय बढेसंगै बाँकेमा माछाको उत्पादन पनि बढदै गएको छ । वरिस्ठ मत्स्य बिकास अधिकृत अधिकारीका अनुसार बाँकेमा व्यवसायीक माछा पालनका लागि ६ सय ११ पोखरी खनिएका छन् । उक्त पोखरीहरु ३ हजार ५ सय ५९ क्षेत्रफलमा फैलिएका छन् ।


अहिले बाँके मा वार्षिक ३ लाख ३ हजार १ सय ६२ किलो माछा उत्पादन हुन्छ । बाँकेमा रोहु, नैनी, कार्प, सिल्भर कार्प, जस्ता माछा उत्पादन गरिन्छ । यो उत्पादन बाँके बाट दाङ, सल्यान, सुर्खेत, सल्यान लगायतका जिल्लाहरुमा जाने गरेको छ । थोरै क्षेत्रफलमा माछापालन गरेका किसानहरूले अहिले माछा पालनको दायरा बढाउँदै गएका छन् । बाँके जिल्लामा हालसालै ४३ कट्ठामा नयाँ पोखरीहरू निर्माण भएका छन् । माछापालनका लागि किसानहरूले फार्म दर्ता गरेका छन् ।

नेपालगञ्जमा सृजनशील माछापालन फार्म सञ्चालन गरेका किसान हिरालाल श्रेष्ठले सुरुमा घरमा खान मात्रै माछा पाले पनि अहिले व्यवसायिक रुपमा माछापालन सुरु गरेका छन् । उनले अहिले ३ बिघामा माछापालन गरिरहेका छन् । उनले कार्प जातका माछा पालेका छन् । उनी वार्षिक रुपमा ८ देखि १० लाखको कारोवार गर्छन् ।

यातायातको सुविधा, बजार र बजार भाउ राम्रो भएकोले पनि माछा पालन व्यवसाय तर्फ आफुहरु आकर्षित भएको अर्का किसान हिरालाल श्रेष्ठको भनाई छ । ‘झन त्यसमाथि हामीलाई पोखरी खन्नका लागि प्रदेश सरकारले ५० प्रतिशत अनुदान पनि दियो । जसका कारण हामीलाई झन सजिलो भयो ।’–उनले भने । लुम्बिनी प्रदेशका पुर्व कृषिमन्त्री आरती पौडेलले लुम्बिनी प्रदेश सरकारले बाकेमा व्यवसायिक माछापालन बढाउन अभियान नै चलाएको बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उच्च अदालत तुलसीपुर नेपालगञ्जबाट लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

२ श्रावण २०८२, शुक्रबार १३:१८
नेपालगञ्ज : उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८१-८२ मा २ हजार ४ थान मुद्दा फछ्र्यौट गरेको छ । यो तथ्याङ्क लक्ष्य भन्दा बढी हो । यस कार्यालयको तथ्याङ्क अनुसार यो बर्ष १ हजार ६ सय ३७ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य भएपनि त्यसभन्दा बढी २ हजार ४ थान […]