पूर्वराष्ट्रपति भण्डारी राष्ट्रको अभिभावक भएकोले सक्रिय राजनीतिमा आउन हुँदैन : एमाले नेता ढुंगेल

सदरलाइन संवाददाता ५ श्रावण २०८२, सोमबार १९:०६
 

काठमाडौं :  नेकपा एमालेका केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले जीवन्त पार्टी भएकोले पार्टीमा विभिन्न छलफल, बहस र धारणा राख्न पाइने बताएका छन् ।

उनले कुनै विशेष मुभमेन्टको बेलामा पार्टी र देशको रक्षाका लागि नेतृत्वको आदेश पूर्ण पालना गरेर कुनै प्रश्न नउठाई अघि बढ्नु पर्ने भए पनि शान्त समयमा पार्टी भित्र आन्तरिक विषयमा छलफल, विचार विमर्श र बहन हुन आवश्यक रहेको र अहिले त्यही भएकोे बताए ।

केन्द्रीय सदस्य ढुङ्गेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सामान्य पार्टी कार्यकर्ता नभएर राष्ट्रको अभिभावक भइसकेको व्यक्तित्व भएको बताउदै उनले पार्टीको सक्रिय राजनीतिमा आउने कुरा गर्दा सोची बिचारी निर्णय गर्नुपर्नेमो जोड दिए ।


‘एउटा साधारण पार्टी सदस्यले सदस्यता नवीकरण गर्ने विषयसँग विद्यादेवीको सदस्यता नवीकरणको विषय जोडिँदैन, त्यसैले सदस्यता नवीकरणको विषयको सुसेली हालिरहन आवश्यक छैन, उहाँ नेकपा एमालेको मात्र होइन राष्ट्रको पुँजी हो, त्यो सम्पत्तिलाई हामी कमजोर बनाउन चाहँदैनौँ’, उनले भने ।

पूर्व राष्ट्रपति भण्डारी एमाले पार्टीको अभिभावक भएको बताउँदै उनले आवश्यक पर्दा पार्टीले एकमना एकताको साथ पार्टीमा ल्याएर नेतृत्व सुम्पने ढुङ्गेलले बताए । तर उनलाई पार्टीमा चुनाव लडाएर नेता बनाउने गरी नल्याउने ढुङ्गेलले स्पष्ट पारे । एमाले पार्टी भित्र अहिले केपी ओलीको नेतृत्व सम्मानित रहेको ढुङ्गेलले बताए ।

ढुङ्गेलले पार्टी नेतृत्वले छलफल गरेर भण्डारीको भूमिका निर्धारण गर्ने बताए । ‘उस्तै प¥यो भने ११ औँ, महाधिवेशनको उद्घाटन नै उहाँले गर्नु हुन्छ कि, प्रमुख अतिथि उहाँ नै बन्नु हुन्छ कि, उहाँको मानमर्दन हुने गरी हामी पार्टीमा ल्याउनेवाला छैनौँ’, उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले केन्द्रीय बैठक पार्टी कार्यालय च्यासलमा सुरु

५ श्रावण २०८२, सोमबार १९:०६
काठमाडौं :  नेकपा एमाले केन्द्रीय कमिटी बैठकअन्तर्गत सोमबार भएको छलफलमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’को रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न नेतृत्वलाई निर्देशन दिएका छन् । बैठकको बिचमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बैठकमा छलफल भएका मुख्य बुँदाहरू […]