
नेपालगञ्ज : नेपाल परिवार नियोजन संघ बाँकेको ४१ औ वार्षिक साधारण सभा नेपालगञ्जमा सम्पन्न भएको छ ।
शाखा सभापति बदरुद दुजा खाँको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभाको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभाका पूर्व मन्त्री बादशाह कुर्मी रहेका थिए ।

सो साधारण सभामा वार्षिक कार्यप्रगती सभापति खाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजेशराज श्रेष्ठले प्रस्तु्त गरेका थिए ।
यसैगरी शाखामा पाँच सदस्यका लागि भएको निर्वाचनमा कानून विषेशज्ञमा ईश्वरी प्रसाद ज्ञवाली, अर्थमा सुमन मल्ल, यौन तथा प्रजननमा प्रभी सुवेदी, महिला सदस्यमा बिना थापा र यवा सदस्यमा सरफरोज आलम खाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि संघका पूर्व केन्द्रीय सदस्य रोशनकुमार श्रेष्ठले संस्थाको अवस्था र भविश्यको बारेमा प्रष्ट पारेको कार्यक्रममा शाखा प्रबन्धक रश्मी श्रेष्ठद्वारा शाखाका विभिन्न गतिविधिका बारेमा प्रकाश पारेकी थिईन ।


