नेपालगञ्जमा पूर्व बालक्लवका सदस्यहरुद्वारा ‘सहयोगका लागि चिया अभियान’ सञ्चालन गर्दै

अभियानले निलसागरको भवन निर्माण तथा क्यान्सर पीडितलाई सहयोग गर्ने

सदरलाइन संवाददाता ५ श्रावण २०८२, सोमबार २०:०५
 

नेपालगञ्ज  : क्यान्सर पीडितको उपचार सहयोग तथा नीलसागर सेवा आश्रमको भवन निर्माण सहयोगको लागि ‘एक चिया, एक जीवन, एक परिवर्तन’ भन्ने नाराका साथ नेपालगञ्जमा ‘सहयोगका लागि चिया अभियान’ सञ्चालन गरिने भएको छ ।

पूर्व बालक्लबमा आबद्ध सदस्यहरुद्वारा सञ्चालित सहयात्री नेपाल बाँके र स्व.बिन्दु कुँवर फाउण्डेशनका अभियन्ताहरुले सो अभिया सञ्चालन गर्ने भएका हुन ।

राष्ट्रसेवक स्वर्गीय बिन्दू कुँवरको स्मरणमा आयोजना गरिने ‘सहयोगका लागि चियापान’ अभियानबाट संकलित रकमले नीलसागर सेवा आश्रमको निर्माणाधिन भवनमा स्वर्गीय बिन्दू कुँवरको स्मृतिमा एउटा कोठा निर्माण गर्ने लक्ष्य लिईएको छ ।

ं‘अभियानबाट संकलित रकमले कुँवरको स्मृतिमा एउटा कोठा निर्माण गर्न सकिएन भने पनि प्राप्त सहयोग रकमले नीलसागर सेवा आश्रमको भवन निर्माणसंगै अन्यसामाग्री तथा क्यान्सर पीडितलाई सहयोग गर्ने योजना बनाएका छौं’–सहयात्री नेपालका स्वेता गुरुङ्गले भनिन ।

उनले यो अभियान आगामी साउन ९ गते शुक्रबार दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म नेपालगञ्जको त्रिभुवन चोकमा एउटा स्टल राखेर चियापान गरिने तयारी गरिएको र सो स्टलबाट चियापान गर्दा मनकारी सहयोगी हाथहरुले स्वच्छाले सहयोग गर्न
सक्ने बताबरण मिलाईएको जानकारी दिईन ।

सहयात्री नेपालका सलमान सल्मानीले चियापानबाट प्राप्त भएको सहयोग रकम सहयात्री नेपाल, बाँकेले ८० प्रतिशत नीलसागर सेवा आश्रममा स्वर्गीय बिन्दू कुँवरको स्मृतिमा दान गर्ने र २० प्रतिशत रकम संस्थामा राखेर क्यान्सर पीडितलाई सहयोग गर्ने लक्ष्य लिएको
बताए ।


उनले ‘सहयोगका लागि चियापान’ अभियानको प्रतिफल अनुसार थप अभियानका गतिविधि गरिने जानकारी दिए । उनले अभियानमा सहयोग गर्न हामी सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, अधिकारकर्मी, अभियन्ता, विभिन्न संघसंस्था, नागरिक समाज तथा व्यक्ति सबैलाई हार्दिक आह्वान गरेका छन् ।

को हुन ? बिन्दु कुँवर

लामो समयसम्म महिला तथा बालबालिका कार्यालय बाँकेमा रहेर काम गरेकी महिला विकास निरीक्षक स्वर्गीय विन्दू कुँवर क्यान्सरबाट मृत्युवरण हुनुपर्यो । कुँवरले सबैको मन जितेकी थिईन तर, क्यान्सरलाई जित्न सकिनन । क्यान्सर विरुद्ध लामो समय लडिरहेकी सबैको प्रिय बिन्दूलाई सन् २०२० मा त्यही रोगले अन्नतः लग्यो ।

अनाथ बालबालिका, हिंसा पीडित महिला र बृद्धबृद्धा पक्षमा उनले पु¥याएको योगदान अनुसरणीय छ । हामी, बिर्सन सक्दैनौ । क्यान्सरबाट ग्रसित रहँदा समेत कुँवरले अनाथ बालबालिका, युवा, हिंसा पीडित महिला र बृद्धबृद्धाका पक्षमा जस्तो सुकै चुनौतीसँग डटेर काम गर्ने निडर स्वभावकी थिईन । स्वर्गीय कुँवर आफ्नो काम प्रति त्यतिकै संवेदनशील थिईन ।

पीडितहरुलाई उद्दारदेखि न्याय दिलाउनसम्म हरेक काममा डटेर लाग्ने कुँवर ती मुद्दाहरू टुङ्गोमा नपुग्दासम्म निरन्तर लागेर टुंगोमा पुराउन लागी पर्थिन । महिला तथा बालबालिकाका संरक्षण र सामाजिक रुपान्तरणको लागि पु¥याएको अतुलनिय योगदान जति प्रशंसा गरेपनि कम हुन्छ । तीनै बिन्दूको स्मरणमा आयोजन ागर्न लागिएको अभियानमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा बाढी पूर्व सूचनाको साईरन जडानपछि स्थानीय ढुक्क

५ श्रावण २०८२, सोमबार २०:०५
नरैनापुर (बाँके) : बाँके नरैनापुर वडानं. ५ र ६ मा बाढी पूर्व सुचनाको साईरन जडान गरिएपछि राप्तीनदीमा आउने बाढीबाट जोगिन स्थानीयहरु ढुक्क भएका छन् । राप्ती नदीमा वर्षेनी आउने बाढीको कारण बाँकेको नदी तटिय आसपासका गाउँहरुलाई बाढीको चपेटाबाट जोगाउन जडान गरिएको साईरनबाट बाढीको अवस्थाको बारेमा स्थानीयलाई सचेत बनाउन सूचना प्रवाह […]