नेपालगञ्जका संञ्चारकर्मीहरूसंग कर सम्बन्धी अन्तरक्रिया

सदरलाइन संवाददाता २६ असार २०८२, बिहीबार १८:१९
 

नेपालगञ्ज : नेपालगञ्जमा संञ्चारकर्मीहरू संग कर सम्बन्धि अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ । आन्तरिक राजस्व नेपालगञ्ज आयोजना नेपाल पत्रकार महासंघ बाँकेको समन्वय कार्यक्रम गरिएको हो ।

आन्तरिक राजस्व नेपालगञ्ज प्रमुख कर अधिकृत पुर्ण प्रकाश न्यौपानेले राज्यले निर्माण गरेको कानुन बमोजिम मात्र आन्तरिक राजस्व कर उठाउदै आएको बताउदै प्रत्येक संचारकर्मीहरू कर बारे जानकार भए मात्रै समाजका प्रत्येक व्यवसायीलाई कर सम्बन्धि चेतना जगाउन सकिने बताए । प्रमुख न्यौपानेले मिडियाले आन्तरिक राजस्व कार्यालयको निगरानी समेत राख्नुपर्ने बताए ।


नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज मिडिया मैत्री बनाउनु पर्ने बताउदै करदाता शिक्षा दिनका लागि माध्यम संचार क्षेत्र प्रभावकारी हुनेमा जोड दिए । यसकारण पनि कर सम्बन्धि सचेतनाका लागि संचार माध्यम प्रभावकारी ढंगले प्रयोग गर्न सकिने उनले बताए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका किरण डाँगीले कार्यक्रमको उदेश्य तथा आन्तरिक राजस्वले सेवा ग्राहीलाई प्रदान गरिने पान र भ्याट बारे जानकारी गराउदै कार्यालयले दिने सेवा सुबिधा बारे जानकारी दिएका थिए ।

कार्यक्रम सहभागी पत्रकारहरूले बाँके जिल्लामा करको दायरा बढाउनु पर्ने बताए । उनिहरुले गैर नाफा मुलक संस्थाको करको दायराबारे पनि चासो राखेका थिए । साथै उनिहरुले बन्द भएका पत्र–पत्रिकाको कर दर्ता खारेज गर्नु पर्ने लगायतका अन्य राजस्वका विविध पक्षका बारेमा जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री आचार्यसहितको टोलीद्वारा एनटिभी कोहलपुरको निरीक्षण

२६ असार २०८२, बिहीबार १८:१९
कोहलपुर (बाँके) :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र आन्तरिक मामिला मन्त्री आदेश कुमार अग्रवाललगायतको टोलीले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन् । बिहीवार बाँकेको कोहलपुर पुगेका मुख्यमन्त्री आचार्यको टोलीले सो अवसरमा कार्यालयको कार्यप्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका थिए । मुख्यमन्त्री आचार्यलाई एनटिभी कोहलपुरका प्रमुख निराजन खनालसहितको टोलीले स्वागत […]