नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

सदरलाइन संवाददाता २३ असार २०८२, सोमबार १४:५९
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सङ्घीय सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएसँगै लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री चेतनारायण आर्चायलाई दिएको समर्थन फिर्ता लिएको हो ।


नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्म बहादुर चौधरीले अहिले पार्टीले समर्थन फिर्ता लिएको पत्र इमेल मार्फत मुख्यमन्त्रीलाई पठाएको बताए ।

उनले भने,’हामीले समर्थन फिर्ता लिएका छाैँ,इमेल मार्फत मुख्यमन्त्रीलाई पत्र पनि पठाएका छाैँ ।’ नागरिक उन्मुक्तिबाट लुम्बिनी प्रदेशमा ४ जना सांसद् छन् । नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपनि कांग्रेस एमालेको गठबन्धन सरकारलाई बहुमत पुग्न समस्या छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामीहरु मर्कामा

२३ असार २०८२, सोमबार १४:५९
काठमाडौं  :  नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् । स्वास्थ्य परीक्षणका लागि बिहान अस्पतालमा पुगेका बिरामी र तिनका आफन्तहरु ओपीडी टिकट नपाएपछि अलपत्र परेका छन् । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने भए पनि त्यसको पालना नहुँदा बिरामीहरु अत्यावश्यकीय स्वास्थ्य […]