डा.शेखर कोईरालाले पार्टीको बैठकमा उठाएका नीतिगत र बैधानिक प्रश्न माथी प्रतिप्रश्न गर्ने सिद्धान्तविहिन उद्योगपति बिनोद चौधरीलाई आरोप प्रमाणित गर्न नेता केसीको चुनौती

पोषण केसी २० असार २०८२, शुक्रबार १३:३७
 

पोषण केसी    : 

यति बेला राजनैतिक बृत्तमा नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उठाएका नीतिगत र बैधानिक प्रश्न माथी ठाडो चुनौती दिदै उद्योगपति बिनोद चौधरीले गरेको प्रतिवाद संगैको प्रतिप्रश्नको बिषयले चार्चा पाएको छ । लामो राजनीतिक विराशत बोकेका परिपक्व राजनीतिज्ञ डा कोईरालाको बैचारिक पाटोमा चुनौती दिने उद्योगपति चौधरीको राजनैतिक ईतिहास जान्न जरूरी छ । हो उनि नेपालमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा समेत ख्याति प्राप्त सफल उद्योगपति हुन । तर नेपालको राजनीतिक सन्दर्भमा सिद्धान्तविहिन अस्थिर राजनैतिक चरित्र बनाएका ब्यक्ति पनि हुन । जसले प्रत्येक आवधिक निर्वाचनमा दल परिवर्तन गर्दै आएका छन ।

वि.सं. २०४६ को पहिलो जनआन्दोलनपछि नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवाद (नेकपा–एमाले) को संगठित सदस्य भएर एमालेसंग नजिक भएका चौधरीलाई नेकपा एमालेले २०६४ सालको पहिलो संबिधानसभामा सभासद बनाएको थियो । त्यतिवेला उनले नेकपा एमाले पार्टीको आर्थिक नीति निर्माण गर्ने तहमा जिम्मेवारी पाएका थिए । प्रतिनिधिसभाको निर्वाचन २०७४ अघि कांग्रेस प्रवेश गरेका चौधरीलाई नेपाली कांग्रेसले २०७४ मा समानुपातिक उम्मेदवार बनाएको थियो । संविधानसभा निर्वाचन, २०६४ नेकपा एमालेबाट समानुपातिक सांसद् रहेका उनी वि.सं. २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बनेका थिए ।

यसरी हिजो (२०६४–२०७४ मा माननीय सदस्यको लाभ सहित नेकपा एमाले) र आज (२०७४–२०८४ केन्द्रीय सदस्य र माननीय सदस्यको लाभ सहित कांग्रेस) अब यिनले २०८४ को निर्वाचनमा के गर्लान ? सिधा जवाफ छ जुन पार्टीले कम पैसामा सांसद पद बिक्री गर्छ बिनोद चौधरी त्यही पार्टीको सांसद बन्ने छन । अनी यीनै उद्योगपति चौधरीले कुन राजनीतिक धरातलमा टेकेर राजनैतिक र सैद्धान्तिक बहस गर्नसक्छन र गर्छन पनि ।


यति मात्रै होईन सिमित केही नेताहरूको आशिर्वाद पाए पछि चौधरीले पार्टीको बिधान लाई समेत लत्याईदिदा रहेछन । नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचन लड्नका लागि कम्तिमा १० बर्ष कृयाशिल सदस्य हुनुपर्ने बाध्यात्मक बैधानिक प्राबधानलाई ठाडो चुनौती दिदै नेपालको संबिधान र नेपाली कांग्रेसको बिधानमा ब्यवस्था भएको समाबेशी समानुपातिक प्रतिनिधित्वको प्राबधानलाई खिल्ली उडाउदै ( खुल्ला निर्वाचन लड्न नसक्ने पछाडि पारिएका महिला, मधेसी, आदीवास जनजाती, थारू, मुस्लिम, अल्पसंख्यक समुदाय लगायत पिछडिएको क्षेत्र) का ब्यक्तिहरूको प्रतिनिधित्वको आरक्षणको सुनिश्चितता गरिएको कोटामा त्यो पनि पार्टीको बिधान भन्दा माथी भएर १४ औ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचन जितेका चौधरीले आदरणिय नेता डा.शेखर कोईरालालाई मात्रै होईन पार्टीका प्रत्येक नेतालाई यसरी नै औला ठडाएर प्रश्न गर्ने दुष्प्रयास गर्नेछन किनभने उनलाई पार्टीका केही सिमित शिर्ष नेताहरूको आशिर्वाद प्राप्त छ । उनी पार्टी बिधान भन्दा माथी छन र उनकै भनाईमा ‘उनले नेताहरूलाई चन्दा दिएर नेताहरू किनेका छन’ त्यसैले चन्दा दिने मान्छे नेता हुन नपाउने ?

बिनोद चौधरी जी ? तपाईको हिम्मत छ भने कुन कुन पार्टीलाई, पार्टीका कुन कुन नेतालाई कति चन्दा दिनुभयो सार्वजनिक गर्नुस अनि मात्र आरोप लगाउनुस । बिनोद चौधरीले भनेको कुरालाई आधार मान्ने हो भने मलाई लाग्छ अव प्रत्येक पार्टीमा यस्तै चन्दादाता र पैसावालहरू हाबी हुनेछन पार्टीको आदर्श र सिदान्त स्खलित हुदै जानेछ भने पार्टीको नीति र सिद्धान्तमा अडिग रहेर आदर्शको राजनीति गर्ने प्रत्येक निष्ठावान नेता तथा कार्यकर्ताहरू यस्ता अवसरवादीहरूको अगाडी की त नतमस्तक भई झुक्नुपर्नेछ नभए राजनितिबाट नै पलायन हुनुपर्ने अवश्था आउने छ ।

जहांसम्म लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई शेखर कोईरालाले किन बोकेको भन्ने बिनोद चौधरीको प्रश्न छ ? मलाई लाग्छ बिनोद चौधरीले बिक्रम खनालले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलेको भुमिका र नेपाली कांग्रेसको संगठन निर्माणमा पुर्याएको योगदानका बारेमा अझै बुझ्न सकेका छैनन । सायद बुझेको भए उनले यी प्रश्नहरू गर्दैन थिय होला । मलाई लाग्छ नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा तपाई भन्दा बिक्रम खनालजीको सयौं गुणा बढी योगदान छ । नेबिसंघ, तरूणदल हुदै खारिएर पार्टीको नेता भएर २०६४ को संबिधानसभा निर्वाचनमा निर्वाचित सभासदको हैसियतले संबिधानसभामा जादै गर्दा तपाई नेकपा एमालेबाट समानुपातिक सभासद हुनुहुन्थ्यो ।

उहांलाई अर्थात बिक्रम खनालजीलाई अन्तर्घातीको आरोप लगाएर पार्टीमा उजुरी दिनुभएको रहेछ ? म त्यसमा प्रवेश गर्न चाहान्न ! होला आधार प्रमाण भए पार्टीले छानविन गर्ला ! तर पार्टीका साथीहरू अहोरात्र खटेर संगठन निर्माण गरेको ठांउमा नेताको आशिर्वादले टिकट लिएर जानुभयो तैपनि साथीहरूले आ–आफ्ना ईच्छा चाहानालाई थाती राखेर पार्टीको मुख हेरेर अहोरात्र लागेर तपाईलाई निर्वाचन जिताउनु भयो तर तपाईले बिक्रमजीलाई अन्तर्घात गर्नुभयो भनेर आरोप लगाउन लाज मान्नुपर्ने हो । तपाई संग मेरो एउटा मात्रै प्रश्न छ बिक्रम खनालजी जत्तीको नेताले अन्तर्घात गरेको भए तपाईले कसरी निर्वाचन जित्नु भयो त ? त्यसैले कसैलाई अनावस्यक झुठा आरोप लगाउनु भन्दा पहिले बिनोद चौधरीजीले पार्टीको ईतिहास पढ्न र बुझ्न जरूरी छ । निराधार रूपमा कसैको राजनैतिक चरित्र हत्या गर्ने कसैलाई तेजोवद गर्ने उद्धेश्यले लगाईएको आरोप हो भने त्यो कदापि राम्रो होईन । त्यो सह्यय हुनेछैन ।
लेखक केसी नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ क्षेत्रीय सभापति हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको बसपार्कमा देशकै पहिलो कुलिङ्ग सेन्टर सर्वसाधारणका लागि सञ्चालनमा ल्याईयो

२० असार २०८२, शुक्रबार १३:३७
नेपालगञ्ज :  तातोहावा (हिटवेभ) प्रभावितका लागि लक्षित गरी नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको कुलिङ सेन्टर (शितलन केन्द्र) सञ्चालनमा आएको छ । तातो हावा तथा गर्मीबाट प्रताडितले यहाँ बसेर विश्राम गर्न सक्ने छन । नेपालगञ्ज उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लागतमा वडा नम्बर ४ बसपार्क क्षेत्रभित्र निर्माण गरिएको कुलिङ सेन्टर सञ्चालनमा […]