ट्रम्पको भन्सार शुल्क वृद्धि नाजायज

एजेन्सी २ श्रावण २०८२, शुक्रबार ११:४०
 

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा ५० प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने चेतावनीप्रति प्रतिक्रिया दिएका छन्। लुला डा सिल्भाले टेलिभिजनमा प्रसारित सम्बोधनमा ट्रम्पको उक्त धम्कीलाई अस्वीकार्य ब्ल्याकमेल, नाजायज दबाब भनेका छन्।

पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध ब्राजिल सरकारले ‘विच हन्टिङ’ अर्थात् राजनीतिक प्रतिशोधबाट प्रेरित कारबाही गरिरहेको आरोप लगाउँदै ट्रम्पले ब्राजिलमाथि आगामी जुलाई ९ मा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए।


बोल्सोनारोमाथि सन् २०२२ को निर्वाचन उल्ट्याउने षड्यन्त्रमा संलग्न भएको आरोपमा मुद्दा चलिरहेको छ। यदि दुवै देशबीच कुनै सम्झौता भएन भने ब्राजिलमाथि ५० प्रतिशत भन्सार शुल्क १ अगस्टदेखि लागु हुनेछ।

लुला डा सिल्भाले आफ्नो भाषणमा ट्रम्पको समर्थन गर्ने नेताहरूलाई देशविरोधी भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सारको राजश्व असुली यसबर्ष पनि लक्ष्यभन्दा कम

२ श्रावण २०८२, शुक्रबार ११:४०
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले लगातार दुई आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको पाईएको छ । गत दुई आर्थिक वर्षमा महत्वकाँक्षी लक्ष्य राखेर विभागले पठाए पनि राजश्व असुली हुन नसकेपछि विभागले आगामी आर्थिक वर्षको लागि लक्ष्य घटाएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१ / ०८२ मा ११ […]