कर्णाली विकास बैंक भ्रष्ट्राचार प्रकरण : एक सय नौविरुद्ध तीन अर्ब २० करोड बिगोको मुद्दा

सदरलाइन संवाददाता १४ श्रावण २०८२, बुधबार १८:१३
 

नेपालगञ्ज : कर्णाली विकास बैंकको साढे दुई अर्ब घोटाला प्रकरणमा आज उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा मुद्दा दर्ता भएको छ। तीन अर्ब २० करोड ११ लाख ५४ हजार बिगो दाबीसहित एक सय नौ जना विरुद्ध मुद्दा दर्ता भएको हो।


उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास सूचना अधिकारी बलबहादुर बिष्टका अनुसार मुद्दा दर्ता भइसकेको छ। उनका अनुसार राजेन्द्रबिर राय, वेदप्रकाशसिंह ठकुरी, पशुपतिदयाल मिश्र र भुवन बस्नेत अदालतमा हाजिर भएका छन् भने अन्य एक सय पाँच जना फरार छन्। पक्राउ परेका चार जनाको बयान लिने काम भोलिदेखि सुरु हुने उनको भनाइ छ।

राष्ट्र बैंकले गत ११ पुसमा डेभलपमेन्ट बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो। बैंकको कुल निक्षेप संकलन चार अर्ब ९० करोड देखिएको छ। बैंकको स्थापना २०७० मा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सम्बद्र्धन परियोजनामा आबद्ध उद्यमीलाई दुई करोड ३४ लाख रुपैया अनुदान प्रदान

१४ श्रावण २०८२, बुधबार १८:१३
नेपालगञ्ज : बाँके र बर्दियाका सम्बद्र्धन परियोजनामा आबद्ध रहेका उद्यमीलाई उद्यम सञ्चालन गर्नको लागि दुई करोड ३४ लाख रुपैया अनुदान प्रदान गरिएको छ । युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोगमा बि–ग्रुपद्वारा बाँकेका कोहलपुर, राप्तीसोनारी र बर्दियाका मधुवन नगरपालिका ठाकुरबाबा नगरपालिकाका गरी चार पालिकाका २१ सामुदायिक उद्यमहरुलाई पर्यापर्यटन उद्यम, […]