एमाले बिनाको देश र केपी ओली बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा नहुने एमाले अध्यक्ष ओलीको झापाबाट उद्घोष

सदरलाइन संवाददाता २९ असार २०८२, आईतवार १९:३९
 

झापा :  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले बिनाको देश र केपी ओली बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा नहुने एमाले अध्यक्ष ओलीको झापा पुगेर उद्घोष गरेका छन् ।

उनले पार्टीभित्र उब्जाईएको गुटको त्रासलाई चिर्दै सो कुरा बताएका हुन । उनले पार्टीभित्रको एकतालाई मजबुत बनाएर सङ्कल्पका साथ लाग्ने हो भने एमालेलाई कसैले हराउन नसक्ने समेत बताए ।

एमालेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा लामो समय बसेर विभिन्न जिम्मेवारी र लाभ लिएका कतिपय स्वार्थी नेताहरूले विगतमा पार्टी विभाजन र पार्टी सिध्याउने षड्यन्त्र गरे पनि कार्यकर्ता र जनताले एमालेलाई बचाएर पुनः राष्ट्रिय शक्ति बनाएको बताए ।


आफूबिनाको एमाले देख्न चाहने प्रतिक्रियावादीहरूको खेल भएको टिप्पणी गर्दै अध्यक्ष ओलीले पार्टीभित्र र बाहिरबाट भइहेका षड्यन्त्र चिर्दै ढुक्कका साथ सही नीति र नेतृत्वको पक्षमा लाग्न आग्रह गरे ।

‘एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन । एमाले साना स्वार्थ बोक्ने पार्टी होइन । यसको काँधमा देश बनाउने महान उद्देश्य छ । यो राष्ट्रिय हितका लागि बलिदानबाट आएको पार्टी हो’, उनले भने, ‘एमालेविरुद्ध जाल बुन्नेहरू सफल हुँदैनन् । माकुरोको जालोमा कहिल्यै भैसी पर्दैन । हाम्राविरुद्धको भ्रामक प्रचारको पछि लाग्नु हुँदैन । केपी ओली र एमालेले भ्रष्टाचार गर्दैन । हामी सहकारी ठगेर मुद्दा झेलेपछि आफ्नो पक्षमा हस्ताक्षर अभियान चलाउने पार्टीजस्ता हुँदै होइनौँ ।’

अध्यक्ष ओलीले एमालेले नसके अरु कसैले पनि देश बनाउन नसक्ने भन्दै आफू प्रधानमन्त्री भएपछि फलामखानी र पेट्रोलियम पदार्थको उत्खनन, सुरुङमार्ग निर्माणजस्ता अनेकौँ विकास र समृद्धिका काम थालनी भएकामा त्यसको प्रतिफल आउन थालेको बताए । हाल नेपालको अन्तरराष्ट्रिय छवि देखिने र सुनिने अवस्थामा रहेको उल्लेख गर्दै उनले पछिल्लो स्पेन भ्रमणको सफलता सुन्न नचाहने विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरेको टिप्पणी गरे । त्यस अवसरमा अध्यक्ष ओलीले सयौँ युवालाई पार्टी प्रवेश गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतबाट चोरीका गरगहना र नगद लिएर आएका ६ जना कोहलपुरमा पक्राउ

२९ असार २०८२, आईतवार १९:३९
कोहलपुर (बाँके) :  ईलाका प्रहरी कार्यालय कोहलपुरले भारतबाट करिव १५ तोला सुन र ८ लाख नेपाली रुपैयाँ बाराबरको धनमाल लुटपाट गरी आएका ६ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार असार ३० गते आईतबार दिउँसो अंन्दाजी २ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं.११मा रहेको […]