आज नाग पञ्चमी

सदरलाइन संवाददाता १३ श्रावण २०८२, मंगलवार १३:१८
 

नेपालगञ्ज : आज नाग पञ्चमी । श्रावण शुक्ल पञ्चमी अर्थात आज नाग पञ्चमीमा नाग वा सर्पको पूजा गरिन्छ । आज बिहानै उठी स्नान गरी दियो, कलश, गणेश भगवानको पूजा गरी आफ्ना घरको ढोकाको दुवै तर्फ गाईको गोबरले विषालु सर्पको चित्र लेखेर टाँस्नु पर्दछ ।

नागको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्नाले सर्प वा नागको भय हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ।


भाद्र, असोज र कार्तिकमा पूर्व, मंसिर, पुस र माघमा दक्षिण, फाल्गुन, चैत्र र वैशाखमा पश्चिम, जेठ, असार र साउनमा उत्तर दिशामा नागको शिर हुन्छ । आज नाग पञ्चमी साउन महिनामा परेको हुनाले नागको शिर उत्तर दिशामा सम्झी पूजा गर्नुपर्दछ । आज बिहान ८ बजेर ४८ मिनेटदेखि १० बजेर २९ मिनेट सम्म लाभ बेला र १० बजेर ३० मिनेटबाट मध्यान्ह १२ बजेर ९ मिनेट सम्म अमृत बेला रहेकोले यो समयमा नाग टाँस्नु शुभ मानिन्छ ।

परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुपतिनगर सामुदायिक वनको साधारण सभा सम्पन्न

१३ श्रावण २०८२, मंगलवार १३:१८
नेपालगञ्ज :  पशुपतिनगर सामुदायिक वन उपभोक्ता समूहको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालगञ्ज उप–माहानगरपालिका वडा नम्वर १९ र २० का ५ सय ७२ घरधुरीले प्रत्यक्ष लाभ लिईरहेको सामुदायिक वन, नेपालगञ्ज उप–माहानगरपालिका भित्र रहेको एक मात्र सामुदायीक वन हो । १ हजार २ सय ५२ जना महिला […]