नेपालगञ्ज : मुस्लिम समुदायमा दुःख प्रकट गरी मनाइने मोहर्रमको अन्तिम दिन आइतबार बिभिन्न कार्यक्रमका साथ शान्तिपूर्ण विशर्जन गरिएको छ ।
ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम दश दिनसम्म मनाउने गरिन्छ ।
धार्मिक युद्धमा हत्या गरिएका तिनै धार्मिक शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया शनिबार साँझ घरमा स्थापना गर्ने र आइतबार नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापन हुने मौलाना जियाउल मुस्तफा नूरानी बताउछन ।
ईस्लाम धर्मावलम्वीहरुले धार्मीक शहिदहरुको सम्झनामा नेपालगञ्ज तथा मुस्लिम बाहुल्य ग्रामिण बस्ती एवम नगरका बिभिन्न भागमा ताजिया स्थापना गरी सजाइएको थियो ।


ताजियाहरुलाई बाजागाजाका साथ बुधबार दिउँसो ‘या हुसेन’, ‘या हसन’, भन्दै ढोल र नगडाका तालमा नगरको परिक्रमा गराइ ¥यालीमा ईस्लाम धर्मावलम्बीहरुले दुःख प्रकट गर्दै शरीर भरी बिलेड र धारिलो वस्तुले प्रहार गरेका थिए ।
नगरका बिभिन्न भागको परिक्रमा गरेर फूल्टेक्रा स्थित करबलामा समापन गरिए करबला संरक्षण समितिका अध्यक्ष फिरोज आरफीले जानकारी दिए ।
यसैबीच बाँकेमा ताजिया विर्सजनको क्रममा कुनै अपृय घटना नभएको बाँके प्रहरीले जनाएको छ । ताजिया विर्सजन तथा मोहरम मनाउनको लागि बाँकेमा अन्तरधार्मिक सामाजिक सद्भाव समिति तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था बडा पारेको थियो ।