ढिलो गरी सुरु भएको लुम्बिनी प्रदेश सभा बैठकमा बजेटमाथीको शैद्धान्तिक छलफल सकियो

सदरलाइन संवाददाता १७ असार २०८२, मंगलवार २०:२४
 

दाङ : लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशनअन्तर्गत चौधौँ बैठक सुरु भएको छ । दिउँसो ३ बजे बैठक बसे पनि प्रतिपक्ष दलको अवरोधका कारण स्थगित भएको बैठक अवेर मात्रै सुरु भएको छ ।

यो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमार्चा र नेकपा एकिकृत समाजवादी सहभागी भएका छैनन् भने लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल प्रतिपक्षको रुपमा सदनमा उपस्थित भएपछी बैठक सुरु भएको हो ।

लोकतान्त्रिक समाजवादी यस अघि सत्तापक्षमा थियो । आज मात्रै यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको हो । बैठकमा छुटेका योजनाहरु समावेश गर्ने आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले सदनमा ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । यसअघि प्रदेश सरकारले असार १ गते बजेट प्रस्तुत गरेको थियो । त्यसयता १७ औं दिनमा मात्रै बैठक बसेको हो । यसअघिको बैठक असार ७ गतेका लागि तोकिए पनि विविध कारणले स्थगित गरिएको थियो ।


लुम्बिनीमा बजेटमाथीको शैद्धान्तिक छलफल सकियो

लुम्बिनी प्रदेश सभाको छैठौं अधिवेशन अन्तर्गत चौधौं बैठकमा आगामी आर्थिक बर्ष २०८२–०८३ को शैद्धान्तिक छलफल सकिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेश गरेका थिए ।

बजेट माथीको शैद्धान्तिक छलफलममा प्रदेश सभा सदस्य बिष्णु पन्थी, कनैया बनिया, चन्द्रकेश गुप्ता, सुधाकर पाण्डेले भाग लिएका थिए ।

बैठकमा आर्थिक मामिला मन्त्री कार्कीले आर्थिक वर्ष २०८२–०८३ सेवा र कार्यको लागि प्रदेश सन्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक सभामा पेश गरेका थिए । यस्तै प्रदेश सभाको १५ औं बैठक आज साँझ साढे ८ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवाबारे छलफल

१७ असार २०८२, मंगलवार २०:२४
नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाको प्रभावकारी कार्यसम्पादनका लागि छुट्टै निजामती सेवा निर्माणका विषयमा अझै थप छलफल आवश्यक रहेको बताएका छन् । बुधबार राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सभा सचिवालयले आयोजना गरेको ‘प्रदेश सभा निजामती सेवा विधेयक सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश निजामती […]

सम्बन्धित