एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बाँकेमा पुलामी

सदरलाइन संवाददाता ९ असार २०८२, सोमबार २०:०२
 

नेपालगञ्ज :  एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ बाँकेको विस्तारित भेलाबाट प्रेम बहादुर थापा पुलामीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन भएको छ ।


एमाले केन्द्रीय स्थायी कमिटी सदस्य तथा इन्चार्ज थममाया थापा मगरको प्रमुख आतिथ्यता, केन्द्रीय अध्यक्ष पासाङ शेर्पा, नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, सचिव बलराम भट्टराई र उपसचिव किशोर थापालगायतको उपस्थितिमा सो विस्तरित भेलाको आयोजना गरिएको थियो ।

विस्तारित भेलाद्वारा गठित जिल्ला कार्यसमितिको उपाध्यक्षमा पल्टुराम थारु, सचिवमा चेतबहादुर घर्र्र्ती, सहसचिवमा टेकबहादुर गुरुङ्ग र कोषध्यक्षमा चित्रा श्रीस चयनलगायत १९ सदस्यीय कार्यसमिति चयन भएको नव निर्वाचित सचिव घर्तीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवस : बाँकेमा रक्तदान

९ असार २०८२, सोमबार २०:०२
नेपालगन्ज : नेपाल औषधि व्यवसायी संघ बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ । संघको ५२ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा बाँकेद्वारा नेपालगन्ज र कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको संघका कार्यसमिति सदस्य सन्तोष बाबु सुवेदीले जानकारी दिए । रगतको अभाव हुन […]