बालिका शिक्षा कार्यक्रमको निरन्तरतामा सरोकारवालाको जोड

सदरलाइन संवाददाता १२ असार २०८२, बिहीबार १९:२६
 

खजुरा (बाँके) :  रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा बाँकेमा सञ्चालन गर्दै आएको बालिका शिक्षा कार्यक्रम अन्तर्गत खजुराको ज्ञानोदय नमुना माविमा जिल्ला स्तरीय संयुक्त अनुगमन गरिएको छ ।

बालिका शिक्षा कार्यक्रम अन्तर्गत विद्यालयमा गठन गरिएको ‘जलवायु न्याय क्लब’मा आबद्ध बालिकाहरुको क्षमता मापन तथा कार्यक्रमको प्रभावकारिताका बिषयमा गरिएको अनुगमन गरिएको थियो ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले मानिसको स्वास्थ्यसँग जोडिएको जलवायुका बिषयमा सञ्चालित कार्यक्रम प्रभावकारी रहेको आफुले अनुगमनका क्रममा पाएको बताए । उनले वालिकाहरुको अनुभव, अभिभावकको भनाई र विद्यालयको प्रतिक्रियाले कार्यक्रमको निरन्तरता अपरिहार्य भएको बताए ।

उनले जलवायु न्याय कार्यक्रमलाई स्थानीय सरकारले अपनत्व ग्रहण गरि अगाडि बढाएको खबरले आफुलाई खुसी बनाएको बताउदै सबै मिलेर कार्यक्रमलाई अगाडि बढाउन अनुरोध गर्दै कार्यक्रमको निरन्तरताका लागि जिल्ला समन्वय समिति मार्फत गर्नुपर्ने भूमिकाका लागि प्रतिबद्ध रहेको जनाए ।


शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईले सफल कार्यक्रमको निरन्तरताका लागि सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीले बालिका शिक्षा कार्यक्रम एक सफल कार्यक्रम भएकाले स्थानीय सरकारले निरन्तरताका लागि कन्जुस्याई गर्न नहुनेमा जोड दिए । उनले कार्यक्रमको निरन्तरताका लागि वडा समेत प्रतिबद्ध रहेको बताए ।

सो क्रममा जिल्ला समन्वय समिति उपप्रमुख सिता कार्की, खजुरा गाउँपालिका सामाजिक विकास समिति संयोजक कृष्णा पोख्रेल, शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल, निर्मल रेग्मी, महिला तथा वालवालिका शाखा प्रमुख सुसिला न्यौपाने, गैर सरकारी संस्था महासँघ बाँकेका सचिब रमेश सिटौला, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भिमसरा भण्डारी, प्रधानाध्यापक ऋषिराम सापकोटा, शिक्षक, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

वालिका शिक्षा कार्यक्रम संयोजक हेमराज भट्टले सहजिकरण गरेको कार्यक्रममा स्वागत बासका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गरेका थिए भने कार्यक्रमको प्रगतिको प्रश्तुतीकरण बासका सिनियर सामाजिक परिचालक जमुना चौधरीले गरेकी थिईन ।

संयुक्त अनुगमनको क्रममा बालिका शिक्षा कार्यक्रम अनुगमन चेक लिष्ट अनुरुप जलवायु परिवर्तनका २६ ओटा सत्रहरुका बारेमा बालिकाहरुलाई अनुगमनकर्ताहरुले प्रश्न सोधेका थिए ।

जसमा जलवायु परिवर्तन, परिवारको संलग्नता, सामग्री सहयोग र उपयोगिता, बिद्यालयको संलग्नता लगायतको बिषय रहेको थियो, भने विद्यालयको संलग्नताका बिषयमा शिक्षकहरुलाई कार्यक्रमको प्रभावकारीताका बिषयमा प्रश्न सोधेका थिए । कार्यक्रमको समापन ज्ञानोदय नमुना मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष भिमसरा भण्डारीले गरेकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तक्षशिला एकेडमी कोहलपुरमा फुटसल र बास्केटबल निर्माण हुँदै

१२ असार २०८२, बिहीबार १९:२६
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमीले आफ्ना विद्यार्थीको खेल क्षेत्रमा बढ्दो रुचीलाई सम्बोधन गर्न धमाधम खेल क्षेत्रका पूर्वाधार निर्माण गर्न सुरु गरेको छ । आफ्नै पौडिपोखरी सहितको विद्यालय तक्षशिला एकेडमीले आफ्नै बास्केटबल कोर्ट, फुटसल, टेबलटेनिस लगायतका खेल पूर्वाधार निर्माणलाई तीब्र पारेको विद्यालययका अध्यक्ष विष्णुप्रसाद वेल्बासेले जानकारी दिए […]