तक्षशिला एकेडमी कोहलपुरमा फुटसल र बास्केटबल निर्माण हुँदै

सदरलाइन संवाददाता १३ असार २०८२, शुक्रबार १३:२०
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमीले आफ्ना विद्यार्थीको खेल क्षेत्रमा बढ्दो रुचीलाई सम्बोधन गर्न धमाधम खेल क्षेत्रका पूर्वाधार निर्माण गर्न सुरु गरेको छ ।

आफ्नै पौडिपोखरी सहितको विद्यालय तक्षशिला एकेडमीले आफ्नै बास्केटबल कोर्ट, फुटसल, टेबलटेनिस लगायतका खेल पूर्वाधार निर्माणलाई तीब्र पारेको विद्यालययका अध्यक्ष विष्णुप्रसाद वेल्बासेले जानकारी दिए ।

उनले भने–‘ विद्यालयको पूर्वाधार त्यसमा पनि आफ्नै भवन, खेल पूर्वाधार अत्यन्तै न्यून रहेको अवस्थामा पौडि पोखरी पहिलादेखि नै सञ्चालनमा रहेकोमा यो शैक्षिक शत्रदेखि बास्केटबल निर्माण गरि सकिएको छ । भने फुटसल निर्माण हुने चरणमा रहेको छ ।’

उनले बास्केटबलको निर्माण अन्तिम चरणमा पुगेको र फुटसलको निर्माणको लागि सञ्चालक शीव रेग्मीको संयोजकत्वमा निर्माण समिति समेत गठन गरी निर्माण प्रकृया अघि बढेको बताए ।

उनले शैक्षिक गुणस्तरलाई कायम राख्न आधुनिक प्रविधिको डिजिटल बोर्डको प्रयोग गरी शिक्षा प्रदान गर्दै आएकोमा विद्यार्थीलाई गर्मी तथा जाडोबाट जोगाउन कक्षाकोठा बातानुकलीत (एशी) जडान गरिएको बताए ।

उनले तक्षशिला एकेडमी पश्चिम नेपालको शिक्षाको गन्तब्यको रुपमा विकास गर्दै लैजाने सोच अनुरुप विद्यालय बोर्डले समयको माग अनुसारको शैक्षिक गतिविधि र प्रविधिको प्रयोग गर्दै लैजाने नीति बनाएको जनाए ।

यसैगरी प्लस टुतर्फ म्यानेजमेन्टमा कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टको अध्यापन गराउदै आइरहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुको क्षमतालाई उजागर गर्न खेलकुद र नृत्य संगीत कक्षाको प्रबन्ध मिलाइएको विद्यालयका शैक्षिक सल्लाहकार डा. खोपीराम वलीले जनाकारी दिए ।

तक्षशिला एकेडमी कोहलपुरमा फुटसल र बास्केटबल निर्माण हुँदै
कोहलपुर (बाँके) ः बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको तक्षशिला एकेडमीले आफ्ना विद्यार्थीको खेल क्षेत्रमा बढ्दो रुचीलाई सम्बोधन गर्न धमाधम खेल क्षेत्रका पूर्वाधार निर्माण गर्न सुरु गरेको छ ।


आफ्नै पौडिपोखरी सहितको विद्यालय तक्षशिला एकेडमीले आफ्नै बास्केटबल कोर्ट, फुटसल, टेबलटेनिस लगायतका खेल पूर्वाधार निर्माणलाई तीब्र पारेको विद्यालययका अध्यक्ष विष्णुप्रसाद वेल्बासेले जानकारी दिए ।

उनले भने–‘ विद्यालयको पूर्वाधार त्यसमा पनि आफ्नै भवन, खेल पूर्वाधार अत्यन्तै न्यून रहेको अवस्थामा पौडि पोखरी पहिलादेखि नै सञ्चालनमा रहेकोमा यो शैक्षिक शत्रदेखि बास्केटबल निर्माण गरि सकिएको छ । भने फुटसल निर्माण हुने चरणमा रहेको छ ।’

                                                                                 फुटशल निर्माण गरिदै

उनले बास्केटबलको निर्माण अन्तिम चरणमा पुगेको र फुटसलको निर्माणको लागि सञ्चालक शीव रेग्मीको संयोजकत्वमा निर्माण समिति समेत गठन गरी निर्माण प्रकृया अघि बढेको बताए ।

उनले शैक्षिक गुणस्तरलाई कायम राख्न आधुनिक प्रविधिको डिजिटल बोर्डको प्रयोग गरी शिक्षा प्रदान गर्दै आएकोमा विद्यार्थीलाई गर्मी तथा जाडोबाट जोगाउन कक्षाकोठा बातानुकलीत (एशी) जडान गरिएको बताए ।

उनले तक्षशिला एकेडमी पश्चिम नेपालको शिक्षाको गन्तब्यको रुपमा विकास गर्दै लैजाने सोच अनुरुप विद्यालय बोर्डले समयको माग अनुसारको शैक्षिक गतिविधि र प्रविधिको प्रयोग गर्दै लैजाने नीति बनाएको जनाए ।

यसैगरी प्लस टुतर्फ म्यानेजमेन्टमा कम्प्युटर साइन्स र होटेल म्यानेजमेन्टको अध्यापन गराउदै आइरहेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुको क्षमतालाई उजागर गर्न खेलकुदर नृत्य संगीत कक्षाको प्रबन्ध मिलाइएको विद्यालयका शैक्षिक सल्लाहकार डा. खोपीराम वलीले जनाकारी दिए ।

उनले विद्यार्थीमा अनुशासन कायम गर्न नैतिक क्लव, खेल क्लवलगायत गठन गरिएको, विद्यार्थीमा अग्रेजी बोल्ने अभ्यासमा विद्यालय परिसरमा अनिवार्य गरिएको, साथै स्वच्छ खाजा र खानाका लागि आधुनिक क्यान्टिनबाट घरयासी खाजाखानाको ब्यवस्थापन गर्नुपर्ने जस्तो सल्लाह आफुले दिएको बताए ।

विद्यालयले नयाँ शैक्षिक शत्रमा कक्षा ११ का लागि प्रि–रजिष्टेशन खोलिएको जनाएको छ । विद्यालयमा भर्ना हुनका लागि विद्यालयको भौतिक पूर्वाधारका बारेमा भर्ना हुनु पूर्व नै अभिभावक र विद्यार्थीले विद्यालयका बारेमा बढीभन्दा बढी जानकारी लिन सकुन भनेर प्रि–रजिष्टेशन खोलिएको विद्यालयका प्रधानाध्याक भिमबहादुर रोकायले जानकारी दिए ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हुम्लाको सदरमुकाम सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने : प्रधानमन्त्री ओली

१३ असार २०८२, शुक्रबार १३:२०
नेपालगञ्ज :  हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत हुम्ला सदरमुकाममा मोटर बाटो पुग्न लागेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले सिमकोटमा सडक पु¥याउनु नेपालको […]