
नेपालगञ्ज : सुनचाँदी व्यवसायीहरूले सुरु गरेको आन्दोलनले नेपालगञ्जलगायत देशभरका सुनचाँदी पसलहरू अनिश्चितकालका लागि बन्द गरेका छन् ।
देशका प्रमुख शहरमा सञ्चालनमा आएका सुनचाँदी पसलहरु बन्द गरी व्यवसायीहरू आन्दोलनमा उत्रीएका हुन । नयाँ बजेटका कर नीतिको विरोधमा पसल अनिश्चितकालका लागि बन्द गरेका छन् । उनीहरूले सुनमा लगाइएको २% विलासिता कर र हिरा–पत्थरमा लागू भएको १३% मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन पर्ने साथै सुनमा भन्सार दर भारतसरह ६% कायम गर्न सरकारसँग माग राखेका छन् ।

बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेश समिति सदस्य तथा नेपालगञ्ज सुनचाँदी व्यवसायी संघका सहकोषध्यक्ष समेत रहेका अमन ज्वैलर्स न्यूरोडका प्रो. हासीम अन्सारीले जानकारी दिए ।

आन्दोलमा उत्रीएका व्यसायिहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड नेपालगञ्ज नगर परिक्रमा गर्दै प्रदर्शन गरेका थिए ।


