बाँकेको डुडुवा गाउँपालिकाले ५६ करोडको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम पारित

सदरलाइन संवाददाता १० असार २०८२, मंगलवार २०:३५
 

 

डुडुवा (बाँके) :  आगामी आर्थिक वर्षको लागि बाँकेको डुडुवा गाउँपालिकाले ५६ करोडको बजेट सार्वजनिक गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

गाउँपालिकाले १८औं गाउँसभामा दुई वटा विधियेक, नीति तथा कार्यक्रम र ५६ करोड १६ लाख ८ हजार रुपियाँको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अध्यक्ष चौधरीले प्रस्तुत गरेको बेजटमा संघिय सशर्त अनुदान चालुतर्फ २४ करोड २५ लाख, संघिय समपुरक अनुदानतर्फ १ करोड, विशेष अनुदान (प्रदेश) तर्फ १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ ७५ लाख, प्रदेश ससर्त अनुदान १ करोड २० लाख र आन्तरिक आयतर्फ ५ करोड ८७ लाख रुपियाँ प्राप्त हुने जनाईएको छ ।


गाउँसभाले आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सर्वसम्मत तरिकाले मंगलवार नै पारित गरेको र बजेटलाई छलफल तथा विचार विमर्शपछि पारित गराइने गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिए ।

गाउँपालिकाको सो अधिवेसनमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीको पनि उपस्थिति रहेको थियो । उनले डुडुवा गाउँपालिकाले जनताको सेवा र सुविधासंगै भौतिक विकासका लागि उत्कृष्ट बजेट तथा कार्यक्रम प्रस्तुत गरेको बताए ।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले गाउँपालिकाको ठुलो भुभाग बर्षौदेखि बाढी र डुवानको चपेटामा पर्दै आएकोले बाढी पीडितलाई क्षतिपूर्ति दिनका लागि थप बजेट आवश्यक रहेकोले संघीय सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरले एक अर्ब ६४ करोडको बजेट ल्यायो

१० असार २०८२, मंगलवार २०:३५
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरले आफ्नो नगरसभाको १७ औं अधिवेशनमा आर्थिक २०८२/०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आय–व्यय प्रस्तुत गरेको छ । यो अधिल्लो आर्थिक वर्ष भन्दा थोरै कम हो । उपमहानगरले गतवर्ष आव २०८१–०८२ का लागि १ अर्व ७६ करोड ५७ लाख २६ हजार ३ सय […]