नेपाल औषधि व्यवसायी संघको ५२ औं स्थापना दिवस : बाँकेमा रक्तदान

सदरलाइन संवाददाता १० असार २०८२, मंगलवार १७:५१
 

नेपालगन्ज : नेपाल औषधि व्यवसायी संघ बाँकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ । संघको ५२ औं स्थापना दिवसको अवसरमा जिल्ला शाखा बाँकेद्वारा नेपालगन्ज र कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको संघका कार्यसमिति सदस्य सन्तोष बाबु सुवेदीले जानकारी दिए ।

रगतको अभाव हुन नदिन तथा रगतको स्टक बढाउन सहयोग गर्ने उद्देश्यले संघको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द रेग्मीसहित प्राबिधिकहरुको सहयोगमा नेपालगञ्ज स्थित भेरी अस्पताल परिसरमा रहेको प्रादेशिक रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो । संघका अनुसार नेपालगन्जमा ६० जना र कोहलपुरमा १५ जनाले रगत दान गरेका हुन् ।

कार्यक्रममा संघका केन्द्रिय सचिव कृष्ण रोकाया, केन्द्रिय सदस्य सरला विष्ट, संघका लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, लुम्बिनी प्रदेश थोक उपाध्यक्ष सुदिप खड्का, जिल्ला महासचिव जीवन शर्मा, जिल्लाका औषधी व्यवसायी, विभिन्न औषधी कम्पनीमा कार्यरत बजार प्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायत उपस्थित थिए ।

आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्न मंगलबार आयोजित रक्तदान कार्यक्रममा उपस्थित सबैमा संघले धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

१० असार २०८२, मंगलवार १७:५१
नेपालगन्ज : विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाइ सभाले बहुमतले पारित गर्‍यो । बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए । […]