वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण आयोजना हुदै

सदरलाइन संवाददाता २२ जेष्ठ २०८२, बिहीबार १७:०७
 

नेपालगञ्ज : ‘नेपालगञ्जः गेट वे टु कर्णाली’ भन्ने मूल ध्येयका साथ वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण नेपालगञ्जमा आयोजना गरिने भएको छ । नाट्टा बाँकेको संयोजनमा हुने वृहत् पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम जेठ २४, २५ र २६ गते सञ्चालन हुने संयोजक श्रीराम सिग्देलले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड, नेपालगञ्ज उप–महानगरपालिको आयोजाना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगञ्ज उद्योग वाणिज्य संघ, होटल एशोसिशन (हान) बाँके, होटल ब्यवसायी संघ बाँके संगको सहकार्यमा आयोजना हुन लागेको यस मार्टले नेपालगञ्जलाई कर्णाली प्रदेशको पर्यटन प्रवेशद्वारको रूपमा स्थापित गर्दै बाँकेलाई पर्यटकीय गन्तव्य जिल्ला बनाउने लक्ष्य लिएको छ ।


मार्टको तेस्रो संस्करणमा भारतका महत्वपूर्ण पर्यटकीय शहरहरू बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० भन्दा बढी टुर अपरेटरहरूको सहभागिता रहने निश्चित भएको छ । यसका साथै, डेढ दर्जन भारतीय पत्रकार, पर्यटन व्यवसायीहरू पनि कार्यक्रममा सहभागी हुनेछन् ।
सहभागीहरूलाई बाँके÷बर्दिया राष्ट्रिय निकुञ्जको परिचयात्मक भ्रमण गराइनेछ, जसले यस क्षेत्रको प्राकृतिक सौन्दर्य र वन्यजन्तुको विविधतालाई उजागर गर्नेछ ।
कर्णाली नदीमा राफ्टिङ्गको अनुभव प्रदान गरिनेछ, जसले साहसिक पर्यटनलाई प्रवद्र्धन गर्नेछ ।  यसैगरि, परम्परागत स्थानीय रैथाने परिकारहरूको प्रदर्शनी गरिनेछ, जसले यस क्षेत्रको सांस्कृतिक विविधतालाई दर्शाउनेछ । त्यसका लागि पहिलोपटक त्रिभुवन चोकमा नेपालगन्ज स्ट्रिट फुडलेन गरिंदैछ ।

साथै, सहभागीहरूलाई नेपालगञ्जमा रहेका क्यासिनो र प्रमुख होटलहरूको भ्रमण गराइनेछ । नेपालगञ्ज र समग्र लुम्बिनी प्रदेशको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । मार्टको निरन्तरता र विशेषताले मुख्यतः भारतसंग नेपालको पर्यटकीय सम्बन्धलाई अझ सुदृढ पार्दै पश्चिम क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराका सबै माबिमा जलवायु न्याय पाठ्यक्रम लागु हुदै

२२ जेष्ठ २०८२, बिहीबार १७:०७
नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले पालिका अन्तरगतका सबै १६ वटा माबिहरुमा जलवायु न्याय पाठ्यक्रम लागु गर्ने भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालद्धारा सञ्चालीत वालिका शिक्षा कार्यक्रम अन्तरगत जलवायु न्याय पाठ्यक्रमलाई ग्रहण गर्दै गाउँपालिकाले आफै निरन्तरता दिने जनाएको हो । गाउँपालिकाका सबै […]