लुम्बिनी प्रदेशसभा बैठक स्थगित

सदरलाइन संवाददाता ६ असार २०८२, शुक्रबार २०:११
 

नेपालगञ्ज: लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन अन्तर्गत भोलि शनिबारका लागि तय गरिएको चौधौँ बैठक स्थगित गरिएको छ । प्रदेश सरकारको अनुरोध तथा कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकको निर्णयअनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो


प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले एक सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिएका छन् । यसै बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल प्रारम्भ गर्ने तयारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराको पेडारी नालामा डुवेर बालक बेपत्ता, खोजतलासमा प्रहरीले चासो नदिएको आफन्तको गुनासो

६ असार २०८२, शुक्रबार २०:११
खजुरा (बाँके) : बाँकको खजुरा गाउपालिकामा रहेको पेडारी नालामा शनिबार दिउसो करिव ४ बजे नुहाउने क्रममा एक बालक डुवेर बेपत्ता भएका छन् । घटनास्थलमा पुगेका बेपत्ता बालकका आफन्तले वेपत्ता भएका बालकको खोजीमा स्थानीय प्रहरीले चासो नदिएको गुनासो गरेका छन् । हुलाकी राजमार्ग अन्तरगत पेडारी नाला पुलको मुनी नुहाउन गएका १२ […]