मनसुन प्रणाली देशभर फैलियो, सचेत हुन आग्रह

सदरलाइन संवाददाता ६ असार २०८२, शुक्रबार १७:४४
 

नेपालगञ्ज :  यस वर्षको मनसुन प्रणाली शुक्रबार (आज)देखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको हो ।

यसवर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो ।


मौसमविद् प्रतिमा मानन्धरले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आजदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहने बताईन । ‘हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ । साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । भारतको पश्चिम बङ्गाल आसपासका क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव छ ।’

मनसुन प्रणाली सक्रिय भएसंगै हुनसक्ने क्षति न्यूनिकरण गर्नका लागि सचेत रहन आग्रह गरिएको छ । लगातारको वर्षातको कारण हुनसक्ने विपत्तिबाट जोगिनको लागि पनि गृह मन्त्रलायले सचेतना मुलक सूचना प्रवाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नवलपुरमा आगोले जलेर घाइते भएकी बालिकाको उपचारको क्रममा काठमाण्डौमा मृत्यु

६ असार २०८२, शुक्रबार १७:४४
नवलपुर  : नवलपुरको देचुली–१७ पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा गत जेठ ३० गते राति आगोले जलेर घाइते भएकी कावासोती नगरपालिका–८ की बालिकाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको छ । सो घटनामा परेर घाइते भएका ५ जना मध्ये एक बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । आगोले पोलेर एकै परिवारका तीनसहित पाँच […]