
बर्दिया : बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालित ‘गल्र्स स्ट्यान्डिङ स्ट्रङ’ परियोजना अन्तर्गत गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकामा अभिभावक शिक्षा तथा समुदायको सहभागिता सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ ।
सो कार्यक्रममा मावि तथा आधारभुत विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभगीता रहेको थियो ।
अभिमुखीकरणको मुख्य उद्देश्य विद्यार्थी र अभिभावकहरूमा शिक्षाप्रतिको सकारात्मक सोच/बानी विकास गर्न शिक्षकहरूको भूमिकाबारे जानकारी प्रदान गर्नु र समुदायमा एकघर एक पढाई कुना निर्माणका लागि अभियानलाई व्यपकता बनाउनु रहेको छ । बैठकको अध्यक्षता गुलरिया नगरपालिका उप–प्रमुख साबित्रा गौतमले गरेकी थिईन ।

कार्यक्रममा सहभागी यादवप्रसाद रेग्मीले यस पुनरावलोकन बैठक अत्यन्तै प्रभावकारी भएको र यसले शिक्षकहरूमा नयाँ ऊर्जा भर्न सहयोग गर्ने बताए । साथै, यस्तो कार्यक्रम प्रत्येक विद्यालयमा सञ्चालन गरिनुपर्ने अपेक्षा व्यक्त गरे ।
कार्यक्रममा उप–प्रमुख, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, विद्यालय प्रमुखहरू/उप–प्राचार्यहरू र सञ्चारकर्मीहरू गरी जम्मा ३९ जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण अर्जुन प्रसाद तिवारीले गरेका थिए । यसैगरी मधुवन र बढैयातालमा यस अघि नै भै सकेको जानकारी कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताए ।
समापन मन्तव्यमा उप–प्रमुख साबित्रा गौतमले प्रत्येक शिक्षकले आफ्नो विद्यालयमा ज्ञान र बुझाइको प्रभावकारी कार्यान्वयन गरेमा गुणस्तरीय शिक्षा हासिल गर्न सकिने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा मुल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड स्टाप दोय भगवती बीके र नग्मा मनिहारको पनि उपस्थिति रहेको थियो ।


