पूर्वप्रधानमन्त्री नेपाल धरौटी बुझाएर रिहा

सदरलाइन संवाददाता १२ असार २०८२, बिहीबार १२:२१
 

नेपालगञ्ज : पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धरौटी बुझाएर रिहा भएका छन् । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले तोकेको ३५ लाख रुपैयाँ धरौटी रकम तिरेर अध्यक्ष नेपाल बुधबार राति रिहा भएका हुन् ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो । विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दामा बुधबार थुनछेक बहस भएको थियो ।


पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएपछि अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेका विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरेका थिए ।

पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्तव्य ज्यान मुद्धामा फरार एक जना जमुनाहा नाकाबाट पक्राउ

१२ असार २०८२, बिहीबार १२:२१
नेपालगन्ज : कर्तव्य ज्यान मुद्धामा फरार एक जनालाई पाल्पा प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । पाल्पाको पूर्वखोला-१ गुनडाँडा बस्ने ५५ वर्षीय चिनीसरा सार्कीको हत्या गरी २१ वर्षदेखि फरार रहेका साविक सिलुवा गाविस-९ हाल पूर्वखोला-१ गुनडाँडा बस्ने ६६ वर्षीय पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । सार्कीलाई नेपालगन्जको जमुनाहा नाकाबाट […]