देशभर अनिश्चितकालीन यातायात बन्द

सदरलाइन संवाददाता १९ जेष्ठ २०८२, सोमबार १३:४६
 


नेपालगन्ज : ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा आजदेखि देशभर यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् ।

यातायात व्यवसायीले आजदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय बमोजिम यातायात अनिश्चितकालीन ठप्प भएको हो ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै यातायात बन्दको घोषणा भएको हो ।


यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएपछि आजदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको यातायात व्यवसायी महासंघले जनाएको छ ।

यसैबीच ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२ जेठ १९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समृद्धि र विकासको जगमा आगामी बर्षको बजेट निर्माण गर्छाैं : मुख्यमन्त्री आचार्य

१९ जेष्ठ २०८२, सोमबार १३:४६
नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पारेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजना तथा दायित्व अभियानको समन्वयमा सोमवार राप्ती उपत्यका देउखुरीमा आयोजित शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलता सम्बन्धी नीति […]