दाङको बखरियामा बस पल्टिदा २ जनाको मृत्यु, ३३ जना घाइते

सदरलाइन संवाददाता २५ जेष्ठ २०८२, आईतवार १३:१४
 

तुलसीपुर (दाङ)  : दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुबाहक बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने करिब ४० जना घाइते भएका छन् ।

सो घटनामा परी मृत्यु हुनेमा दंगीशरण गाउँपालिका–२ निवासी ६५ वर्षका नारायण भण्डारी र ३७ वर्षकी शान्ता खडका चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

त्यसैगरी घाइते हुनेमा दंगीशरण गाउँपालिका–२ निवासी २५ वर्षकी मनिषा बस्नेत, सोही ठाउँ निवासी ५२ वर्षकी गोमा सार्की, वर्ष ६० की मोतिसरा सुनार, ३४ वर्षकी सिता पुन, ३२ वर्षकी सिमा पुन, २७ का कमला नेपाली, उनका छोरा वर्ष ८ को शंकर नेपाली, ९ वर्षका सुशान्त नेपाली, वर्षका ४१ नोखीराम बिक, ४८ वर्षका कुशल बिक, ३२ वर्षकी ललिता सुनार, रहेका छन ।


सोही घटनामा परी घाइते हुनेहरुमा ४८ वर्षकी कमला नेपाली, ४६ वर्षका अमृत कुशारी, ४५ वर्षका पार्वती नेपाली, १२ वर्षका राजेश विक, १० वर्षका प्रज्वल परियार, ४४ वर्षकी भिमा वली, ४३ वर्षकी लक्ष्मी नेपाली, १० वर्षकी मन्दिका नेपाली, १५ वर्षकी यशोदा बस्नेत, ५४ वर्षका चुडामणी बिक, ३३ वर्षका रोशन बिक, ४१ वर्षकी बालिका वली, २४ वर्षका घनश्याम बस्नेत, ४१ वर्षका सुर्य नेपाली, ४८ वर्षका ठाकुर प्रसाद गिरी, २३ वर्षकी सिता कुशारी, २२ वर्षकी सिता कुशारी, ४ वर्षका प्रिन्स कुशारी, ४३ वर्षका लक्ष्मी नेपाली, २३ वर्षका अनन्त किरण शर्मा, सल्यानको कपुरकोट गाउँपालिका–५ रिम घर भइ हाल दंगीशरण दिदीको घरमा गएका १९ वर्षकी टिका घर्ती र नामथर नखुलेका ३१ वर्षकी महिला घाइते भएको प्रहरीले बताएको छ । अन्य घाइतेहरु अझै आउने क्रम जारी रहेको प्रहरीले बताएको छ ।

घाइते मध्य ४ जना गम्भीर, १५ जना मध्यम र बाँकी सामान्य रहेको प्रादेशिक अस्पताल तुलसीपुरले जानएको छ । गोल्टाकुरीबाट तुलसीपुरका लागि छुटेको ना४ख ४००९ नम्बरको बस बखरीयामा पल्टिदा उनिहरु घाइते भएका हुन् । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनेगरी लागेका छौं '

२५ जेष्ठ २०८२, आईतवार १३:१४
  नेपालगञ्ज : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा आफ्नो पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नेगरी अघि बढेको बताएका छन् । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘हाम्रो उद्देश्य मिसन ८४ कुनै अमुर्त कुरा होइन । मिसन […]