जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

सदरलाइन संवाददाता १३ असार २०८२, शुक्रबार १७:३४
 

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ।

पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जानकारी दिएको छ।


काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख छ। साथै उनले पत्र मार्फत प्रदेश सभा बैठकमा विपक्षीको आसनमा व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

जसपा नेपालले समर्थन फिर्ता लिने पत्र बुझाएपनि छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ। लुम्बिनी प्रदेशमा जसपा नेपालबाट काफ्ले एक मात्र सांसद हुन्। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले केन्द्रमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने केन्द्रीय कार्यकारिणी समिति बैठकले निर्णय लिएको थियो।

समितिले गरेको निर्णय संसदीय दलको बैठकले सदर गरेपछि समर्थन फिर्ता लिने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीन र अमेरिकाबीच व्यापार युद्धमा ब्रेक लगाउने प्रयास

१३ असार २०८२, शुक्रबार १७:३४
एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापार सुलहका लागि सम्झौता गरेको खुलासा गरेका छन्। ‘हामीले हिजो चीनसँग सम्झौता गरेका छौँ,’ ट्रम्पले ह्वाइट हाउसमा बिहीबार भने। उनले यसबारे विस्तृत विवरण भने दिएनन्। लण्डनमा दुई हप्ताअघि भएको वार्तापछि अमेरिका र चीन त्यसअघि स्विट्जरल्यान्डको जेनेभामा भएको सम्झौतालाई कार्यान्वयन गर्नका लागि ढाँचा बनाउन […]