
नेपालगञ्ज : नेपालगञ्जमा घोडा खच्चड र गधा पालक कसगर समुदायलाई लक्षित गरी ‘नेतृत्व वित्तिय प्रबद्र्धन र वकालत’ बारे एक दिने अभिमुखिकरण गरिएको छ ।
द ब्रुक हस्पिटल फर एनिमल युकेको आर्थिक सहयोग तथा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजनामा नेपालगञ्जका कसरगर समुदायका महिला तथा पुरुषलाई लीषत गरी सो अभिमुखिकरण गरिएको हो ।
नेपालगञ्जमा कसगर समुदायमा रहेको पिछडापन हटाउन र उनीहरुमा नेतृत्वदायी भावना विकास गर्ने, वित्तिय व्यवस्थापन तथा आफ्नो समुदायको अधिकारको बारेमा कसरी वकालत गर्नेलगायतका विषयमा अनुशिक्षण गरिएको सहजकर्ता समिपा दाहालको भनाई छ ।

कसगर समुदायले घोडा खच्च्ड तथा गधा पालेर यीनै जनावरको सहायताले आफ्नो आम्दानी बढाउदै आएका हुन्छन । त्यसैले समुदायका पुरुषले मात्र घर बाहिर गएर काम गर्ने र महिलाहरु घरमै बसेर चुलो चौकोमा समय बिताउने भएको कारण उनीहरुको आम्दानीको स्रोत अत्यन्तै न्यून हुने भएकोले महिला पुरुष दुबैलाई आम्दानी हुने काममा जोड्दै बचत गर्ने तौर तरिकाका विषयमा समुदायका महिला तथा पुरुषलाई सिकाईएको हो ।
पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका पशु चिकित्सक डा प्रमोद कुमार चौधरीले कसगर समुदायमा नेतृत्व विकास तथा वित्तिय व्यवस्थापनकोे जानकारी गराउन उनहरुलाई एकदिनको भएपनि अनुशिक्षण आयोजना गरिएको बताए ।
नेपालगञ्ज–५ एमपी स्कुलरोडका कसगर समुदायका पुरुषहरु प्राय ईटाभट्टामा कामगर्ने, माटाका भाँडा बनाउने वा ज्याला मजदुरी गर्न गए पनि महिला भने घर धन्धामा नै रमाउने गरेको पाईन्छ । सो अभिमुखिकरण कार्यक्रममा कसगर समुदायका ३५ जना महिला तथा पुरुष सहभागि रहेका थिए ।


