गृहणी महिलाको लागि सातदिने हातेकढाई तालिम सम्पन्न

सदरलाइन संवाददाता २५ जेष्ठ २०८२, आईतवार २०:१३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले गृहणी महिलाको आय आर्जनमा बृद्धि गराई उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ ।

उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले विभिन्न संस्थाहरुसंगको सहकार्यमा हाते कडाई जस्ता तालिमको आयोजना गरेको शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिईन ।

नेपालगञ्ज उपमहानगरले महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा मार्फत गृहणी महिलाको आय आर्जनमा बृद्धि गराउदै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नारी कल्याण समाजसंगको सहकार्यमा हाते कडाई तालिमको आयोजना गरिएको शाखा प्रमुख वरिष्ठ महिला विकास अधिकृत पुरीको भनाई छ ।

उनले भनिन–‘ तपाईले सिकेको सिपले तपाईलाई आत्मनिर्भर बनाउछ । त्यसैले सिपलाई त्यतिकै खेर जान नदिनुस उपयोग गरी आयआर्जन गर्नुहोस ।’

नेपालगञ्ज उपमहानगर वडानं. १२ महिला सदस्य सुशीला पन्तले सिकेको सिपलाई व्यवहारमा उतार्दै आफ्नो आय आर्जन बढाउन अनुरोध गरिन । उनले तालिमेले तालिममा सिेर गरेको उत्पादनको बजारीकरणको लागि पनि आफुहरुको सहयोग हुने बताईन ।


तालिममा सहकार्य गर्ने सस्था युरेशीया रेयूकाईका प्रमुख शशी सिहले तालिममा सहभागी हुने व्यवहारमा नउतार्ने परिपाटी बढी भएको उल्लेख गर्दै सीपलाई निखारमा ल्याउन सके आम्दानी पनि हुने घरमा खाली भएको समय पनि सदुपयोग हुने बताईन ।

उनले युरेशीया रेयुकाईले गृहण महिलाको आत्भबल बढाउनको लागि उत्पादनको बजारीकारणको लागि पहल गरिदिने बताईन ।

तालिम सञ्चालन गर्ने संस्था नारी कल्याण  समाजका अध्यक्ष नारायणी रुपाखेतीले समाजले गृहणी महिलालाई लक्षित गरी ७ दिने हाते कडाई कार्यक्रम सञ्चालन गरेको जानकारी दिदै सिकेको सिपको उपयोग गरी आफ्नो आय बढाउन आग्रह गरिन ।

नेपालगञ्ज उपमहानगरले गृहणी महिलालाई आत्मनिर्भर बनाउन सञ्चालन गरिएका सीपमुलक तालिमबाट उत्पादन भएका विभिन्न वस्तुहरुको बजारी करणका लागि पनि पहल गरिदिन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घोडा पालक कसगर समुदायलाई एकदिने नेतृत्व विकास तालिम

२५ जेष्ठ २०८२, आईतवार २०:१३
नेपालगञ्ज :  नेपालगञ्जमा घोडा खच्चड र गधा पालक कसगर समुदायलाई लक्षित गरी ‘नेतृत्व वित्तिय प्रबद्र्धन र वकालत’ बारे एक दिने अभिमुखिकरण गरिएको छ । द ब्रुक हस्पिटल फर एनिमल युकेको आर्थिक सहयोग तथा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजनामा नेपालगञ्जका कसरगर समुदायका महिला तथा पुरुषलाई लीषत गरी सो अभिमुखिकरण […]