आज यी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

सदरलाइन संवाददाता ४ असार २०८२, बुधबार ०९:०४
 

काठमाडौ : हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपात पनि हुनसक्ने छ । एनटिभि अनलईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नारायणघाट–बुटवल सडकखण्डको विनयी खोला डाइभर्सनमा क्षति भएपछि बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

४ असार २०८२, बुधबार ०९:०४
नेपालगञ्ज  :  पूर्वपश्चिम राजमार्ग अन्तरगतको नारायणघाट–बुटवल सडक खण्डमा लगातारको वर्षापछि आएको बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पु¥याएको कारण सो सडकको वैकल्पिक मार्ग प्रयोग गर्न नवलपुर प्रहरीले सबैसित अनुरोध गरेको छ । लगातारको वर्षापछि आएको बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पु¥याएको तथा दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखोलालगायत स्थानका सडक चिप्लो […]