नेपालगञ्ज : नेपाली सांगीतिक क्षेत्रमा अर्को मन छुने गीत ‘मायामा भुल’ शनिवार सार्वजनिक भएको छ । सुमधुर आवाजका धनी गायक शिव जीएम र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा सजिएको “मायामा भुल” गीतले मायामा परेको मान्छेको मनोविज्ञानलाई कलात्मक रुपमा चित्रण गरेको छ ।
शनिवार म्युजिक भिडियो युनिटले एक कार्याक्रमका विच मायामा भुल बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मायामा भुल बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । चलचित्र पत्रकार संघका अध्यक्ष पौडेलले म्युजिक भिडियो क्लिक गरेर गित सार्वजनिक गरेका हुन् ।
गित सार्वजनिक कार्यक्रममा अध्यक्ष पौडेलले गितमा हुने भाव भरपुर रहेको दावी गरे । गितले पुरानै भावलाई समेटिएको छ जसले पुराना संस्कृति अझै ज्युदै देखाउन खोजिएको उनले बताए ।


गीतको शब्द र संगीत दिपक घर्ती मगरले तयार गरेका हुन् । गायक स्वयं शिव जीएमको प्रस्तुति रहेको यस गीतमा आधुनिक प्रेम कथा बोकेको कथावस्तु प्रस्तुत गरिएको छ । गीतको संगीत संयोजन केशव बडूले गरेका छन् भने मिक्सिङ र मास्टरिङ राजकुमार बगरले गरेका हुन् । गीत त्रिवेणी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो ।
म्युजिक भिडियोमा नवराज सुवेदीको निर्देशन, कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियोलाई रामु चौधरीले क्यामेरामा कैद गरेका छन् । भिडियो सम्पादन र रङ संयोजन राजेश कुमारले गरेका छन् भने, भिडियो बैंक स्टुडियोमा सम्पादन सम्पन्न गरिएको हो ।
भिडियोमा निर्देशक स्वयं नवराज सुवेदी, अलिशा बोहरा, शिव जीएम, र दुर्गा राना मगरको अभिनय देख्न पाइन्छ । दुर्गा राना मगरले सहायक कोरियोग्राफरको भूमिका पनि निर्वाह गरेका छन् ।
गित सार्वजनिक कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक सुन्दर गुरुङ, केबी शाही, राकेश गुरुङ, भरत महतो लगायत म्युजिक भिडियोमा आवद्द्व कलाकारहरुको सहभागिता रहेको थियो ।