२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

हारुण हल्वाईको नेतृत्वमा मुस्लिम इत्तेहाद संगठनमा नयाँ कार्यसमिति चयन



नेपालगञ्ज :  नेपाल मुस्लिम इत्तेहाद संगठनको ७औ राष्ट्रिय महाधिवेशनबाट नेपालगञ्जका मोहम्मद हारून हलवाईको अध्यक्षमा नया कार्यसमिति चयन भएको छ ।

हल्वाईकोे अध्यक्षता ७२ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रमोद धितालले जानकारी दिए ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २० गते शनिबार उद्घाटन गरेको महाधिवेशनको बन्द सत्र तथा निर्वाचन आईतबार सम्पन्न भएको थियो ।

संगठनको केन्द्रीय उपाध्यक्षमा तैयव हुसेन र साजिदा सिद्धिकी, महासचिवमा राजमोहम्द अन्सारी, उपमहासचिव जबुल मियाँ, सचिव (अर्थ) अब्दुल करिम खाँ, (संगठन) हलिम साह, (विदेश) सुलेमान मियाँ, (प्रचार) रियासत लिमी निर्वाचित भएका छन ।

महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद् निर्वाचित गरेको जनाएको छ । हेर्नुस निर्वाचन समितिले उपलब्ध गराएको नामावली

 

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार
ताजा समाचार