
दाङ्ग : नेकपा एकीकृत समाजवादी वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिलेको सरकारलाई भ्रष्टाचारमा लिप्त गठबन्धनको संज्ञा दिएका छन् । पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
उनले भुटानी शरणार्थी प्रकरण र गिरीबन्धु टी स्टेट ओम्नी समूहसँग जोडिएको व्यापक भ्रष्टाचारका घटना उल्लेख गर्दै यस्तो गठबन्धनबाट जनताको हितमा कुनै काम हुन नसक्ने बताएका थिए ।

सो अधिवेशन लुम्बिनी प्रदेश अध्यक्ष सोम पाण्डेको अध्यक्षता, विशिष्ट अतिथि उपाध्यक्ष प्रकाश ज्वाला, विशेष अतिथि महासचिव घनश्याम भुसाल रहेको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ हाजर ५ सय सहभागी एवं ४ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेका छन् ।
अधिवेशनमा समसामयिक राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण, र भविष्यको रणनीति तय गर्ने विषयमा छलफल भएको थियो । कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश उपसचिव अब्दुल हुँसैन खानले गरेका थिए ।


