
नेपालगन्ज : योग समिति नेपाल, केन्द्रिय कार्यालय नेपालगञ्जको आयोजनामा आज खजुरा गाउँपालिका वडा नं. २ मा ३७ औं योग केन्द्रको उद्घाटन एक भव्य समारोहबीच सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले योग समिति नेपाल केन्द्रिय कार्यालय बाँके जिल्लामा अवस्थित भएकोले पनि खजुरा गाउँपालिकाले योग अभियानलाई पहिलो रोजाइको रूपमा लिएको बताईन् ।

उनले पालिकाको हरेक कार्यक्रमा योग समिति नेपालसँग समन्वय गर्दै अघि बढ्ने र सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । योगगुरु आयुर्वेदाचार्य ज्युको प्रेरणादायी प्रर्वचन मार्गदर्शन, योग ध्यान सामुहिक अभ्यास, योग प्रशिक्षकहरुको बाक्लो उपस्थितिले कार्यक्रमलाई अझ विशेष बनाएको थियो । कार्यक्रम केन्द्रिय सचिव चिरञ्जीवी ज्ञवालीले संचालन गरेको योग समिती नेपालका उपाध्यक्ष लोकमाया सुवेदी(सुमित्राले) जानकारि दिईन् । साथै केन्द्रिय पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संयोजक, जिल्ला संयोजक, वडा संयोजक, योग प्रशिक्षकहरू, आजीवन सदस्य, साधारण सदस्य, वडा कार्यालयका पदाधिकारीहरू, सचिव, स्थानीय अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो । स्वागत मन्तव्य डि.बि तामाङ ले राखेका थिए । भने, कार्यक्रमको उद्देश्य माथि ३७ औं योग केन्द्रका प्रमुख संयोजक बेद बहादुर ओलिले स्पष्ट पारेका थिए ।
यसैविच, ३७औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरियोको छ । प्रमुख संयोजक बेद बहादुर ओली क्षेत्री, संयोजक गोबिन्द बहादुर रावत, सह–संयोजक मिना चन्द सदस्यहरू शिब भण्डारी, भुपेन्द्र पोखरेल, बिनु ओलि, टोपसरा वली, सुनिता रावत, जानुका रोकाय, रेखा बिक, खिमा शर्मा, इन्द्र योगि चयन भएका छन् । नयाँ केन्द्रले स्थानीय तहमा योगको अभ्यास र प्रचार–प्रसारमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको बताईएको छ ।


