हिमाली क्षेत्रका बस्तीको सुरक्षामा ढिलाइ गर्न नहुने एमाले महासचिव पोखरेलको भनार्ई

सदरलाइन संवाददाता ५ जेष्ठ २०८२, सोमबार १९:४९
 

काठमाडौं :  नेकपा एमालेका महासचिव शंकर पोखरेलले हिमाली क्षेत्रका बस्तीको सुरक्षामा ढिलाइ गर्न नहुने बताएका छन् । हुम्लामा पहिरोले पु¥याएको क्षतिपछि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पोखरेलले हिमाली क्षेत्रका जोखिमपूर्ण बस्तीलाई तत्काल सुरक्षित स्थानमा हस्तान्तरण गर्नुपर्ने बताएका हुन ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पार्न सक्ने प्रभावको विषयमा नेपालमा सगरमाथा संवाद चलिरहेको बेला हुम्लाको नम्खामा आएको बाढी पहिरोले बस्तीमा क्षति पु¥याएपछि पोखरेलले त्यस्तो प्रतिक्रिया जनाएका हुन ।


नाम्खामा आएको पहिरोले धेरै मानिसहरू घरबार विहीन भएका भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । ‘जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको र पर्न सक्ने असरका बारेमा सगरमाथा संवाद चलिरहेका बलामा हुम्ला जिल्लाका नाम्खावासी पहिरोको कारणले घरबार विहीन बन्न पुगेका छन्’, पोखरेलले लेखेका छन् ।

हिमाली क्षेत्रको जोखिमयुक्त बस्ती पहिचान गरी सुरक्षित स्थानमा हस्तान्तरण गर्नुपर्ने उनको सुझाव छ । ‘अब ढिलो नगरी हिमाली क्षेत्रका जोखिमयुक्त वस्तिहरूको पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरणका लागि योजना बनाउनु आवश्यक छ, त्यसका लागि सुरक्षित क्षेत्र पहिचान गरेर वन क्षेत्र र संरक्षण क्षेत्रबाट अलग गरी सुरक्षित वस्ति विकासको योजना अघि बढाउनु पर्दछ’, पोखरेलको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी : मुख्यमन्त्री आचार्य

५ जेष्ठ २०८२, सोमबार १९:४९
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई मंगलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको सवलिकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धि मापनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका […]