
दैलेख : नेपाल पत्रकार महासंघको दैलेख शाखाले शुक्रबार वैशाख १९ गते रक्तदान तथा नसर्ने रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर गर्न लागिएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले जानकारी दिए ।

दैलेख अस्पतालसंगको सहकार्यमा देवकोटा चोकमा शुक्रबार रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर गर्ने र शनिबार वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसको दिन महासंघको दैलेख शाखाको वार्षिक साधारणसभा गर्ने अध्यक्ष सुनारले बताए ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विहान १० बजे गणेशचोकदेखि ¥यालीले नगर परिक्रमापछि जिससको सभाहलमा साधारणसभा उदघाटन कार्यक्रम तय गरिएको छ ।
महासंघको दैलेख शाखाका साधारण सदस्य मध्येबाट प्रदेश र केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नेलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
साधारणसभामा नेपाल पत्रकार महासंघको दैलेख शाखाको आर्थिक तथा सांगठनिक प्रतिवेदनमा छलफल गर्नुसंगै नीति, योजना तथा दैलेख शाखाको कार्यक्रम बारे नीतिगत निर्णय गरिने बताइएको छ ।


