
काठमाडौं : गत चैत १५ गते काठमाडौंमा भएको आन्दोलनपछि पक्राउ राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसहितकालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौ जिल्ला अदालतका एक अधिकारीले दिएको जानकारी अनुसार राप्रपा नेता मिश्रसहितकालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

चैत १५ गते गरेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले जमानीमा बस्न पाउँ भनी निवेदन दिएको हुँदा उनलाई चिकित्सकको निगरानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।


