राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ

सदरलाइन संवाददाता १७ जेष्ठ २०८२, शनिबार १५:०५
 

नेपालगन्ज : राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने एक युवा दैलेखमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा आठविस नगरपालिका दैलेखका तपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।

केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर ती युवाले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए । सोही भिडियोको आधारमा उनलाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख बरालले जानकारी दिए ।

‘राउटे युवतीहरूमाथि दुर्व्यवहार गरेको भिडियो र मिडियामा आएको समाचारको आधारमा ती युवाको खोजी थालेका थियौँ,’ बरालले अनलाइनखबरसँग भने, ‘उनलाई आज बिहान आठविस नगरपालिकाको टुनिवगरबाट पक्राउ गरिएको छ ।’ उनकाअनुसार तपेन्द्रको थप विवरण खुल्न बाँकी छ ।


इलाका प्रहरी कार्यालय राकम कर्णालीको टोलीलाई तपेन्द्रलाई नियन्त्रणमा लिएको र थप विवरण आउन बाँकी नै रहेको दैलेख प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि सुर्खेत पठाइने छ ।

केही दिन अघि ‘घर्ती जगत’ नाम भएका फेसबुक प्रयोगकर्ताले १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियो सार्वजनिक गर्दै ‘समाजमा के सन्देश जान्छ, पक्कै राम्रो हैन ?’ भन्दै भिडियो सार्वजनिक गरिएको थियो । त्यसपछि प्रहरीले भिडियो सार्वजनिक गर्ने व्यक्तिको खोजी थालेको थियो ।

चार जना राउटे युवतीको बिचमा बसेका तपेन्द्रले गलत हर्कत गरिरहेको भिडियो क्लिपमा देख्न सकिन्छ । अँगालोमा हालेर ताजा ताजा भनेपछि राउटे युवतीहरूले असहज मानिरहेको भिडियोमा देखिन्छ । भिडियो भाइरले गराउने बहानामा अनावश्यक दुःख दिने र अश्लील हर्कतले राउटे युवतीहरू असुरक्षित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली राजमार्ग राजमार्ग चार दिन बन्द

१७ जेष्ठ २०८२, शनिबार १५:०५
नेपालगन्ज : कर्णाली राजमार्ग राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको छ। कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएको हो। सडक बन्द हुँदा कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कालिकोटमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका […]