बर्दियाको मधुवनमा स्थानीय शैक्षिक सामग्री निर्माण तथा कक्षा कोठा ब्यबस्थापन तालिम सम्पन्न

सदरलाइन संवाददाता १७ जेष्ठ २०८२, शनिबार २२:१७
 

बर्दिया  :  प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा ‘सुरक्षा परियोजना’ अन्तर्गत बर्दियाको मधुवन नगरपालिका र बाँके युनेस्को क्लबको आयोजनामा साथै राजापुर नगरपालिकाको सहकार्यमा प्रारम्भिक बालविकास (ईसीडी) र कक्षा १ का शिक्षकहरूका लागि चारदिने तालिम मधुवनमा सम्पन्न भएको छ ।

कम लागत/शून्य लागतमा शिक्षण सिकाइ सामग्री निर्माण गर्ने तरिका र समावेशी कक्षा व्यवस्थापन प्रविधिको विकासमार्फत शिक्षण अभ्यासमा सुधार ल्याउने उद्देश्यले संचालित सो तालिम २०८२ जेठ १५ देखि १८ गतेसम्म सञ्चालन गरियको थियो ।

बाँके युनेस्को क्लबका अध्यक्ष रबि कुमार तुलाधरको अध्यक्ष्यतामा सम्पन कार्यक्रममा प्रमुख अतिथि मधुबन नगरपालिकाका नगर उपप्रमुख अनिता चौधरी ,अतिथिमा बाँके युनेस्को क्लबका सस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, बरिस्ठ उपाध्यक्ष्य पंचम गुरुङ, शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनाल रहेका थिए ।

चारदिनसम्म सञ्चालित तालिमले प्रारम्भिक कक्षाको सिकाइ वातावरणमा सुधार ल्याउने, सहभागी शिक्षकहरूले स्थानीय स्रोतहरू प्रयोग गरी सजिलो र प्रभावकारी सिकाइ सामग्री बनाउने व्यावहारिक विधिहरू, साथै विविध सिकाइ आवश्यकताहरू भएका बालबालिकालाई लक्षित गर्दै समावेशी सिकाइ वातावरण निर्माण गर्ने उपायहरूबारे सिकाईएको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै मधुबन नगरपालिका शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनालले शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाको सिकाईलाई कक्षा कोठासंग जोडन टेवा पुग्ने भएकोले यस्ता तालिमले शिक्षकको क्षमता बिकाशमा सहयोग पुने बताए ।

प्रमुख अतिथि मधुबन नगरपालिकाको नगर उपप्रमुख अनिता चौधरीले स्थानीय सरकार र संघ सस्थाहरुको सहकार्यमा यस्ता कार्यक्रमले बिशेष योगदान पुराउने कुरा व्यक्त गरिन ।


क्लवका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले युनेस्कोले संचालन गरेका क्रियाकलाप र यसको महत्व उदेस्य बारे प्रस्ट परेका थिए ।

कर्यक्रमक सहभागी प्रभा भुषालले तालिम निकै फलदायी भएको , यसले हाम्रो क्षमता बिकास भएको र सिकेका कुरा कक्षा कोठामा लागु गर्ने प्रतिबढ्ता ब्यक्त गरेकी थिइन ।

४ दिनको तालिममा सिकेको सिपलाई कक्षाकोठामा लागु गर्न र बालबालिकाको सिकाईमा सुधार ल्याउन शैक्षिक सामग्रीको प्रयोग निकै प्रभावकारी हुने कुरा बाँके युनेको क्लबका अध्यक्ष्य रबि कुमार तुलाधरले बताए ।

कार्यक्रम संचालन परियोजना संयोजक ईश्वर बिकले गरेको साथै कार्यक्रममा फिल्ड सुपरभाईजर सावित्रा भाट सहयोग गरेकी थिईन । तालिमको सहजिकरण प्रशिक्षक झलकुमारी कार्कीले गरेकी थिईन ।

कार्यक्रम अन्तरक्रियात्मक सत्र, समूहगत कार्य र व्यवहारिक अभ्यासहरू सहित सञ्चालन गरिएको थियो । तालिममा सहभागी शिक्षकहरूले कक्षा कोठामा प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने नयाँ सीपहरू सिक्न पाउँदा उत्साह व्यक्त गरेका छन् । तालिमले शिक्षक र विद्यार्थी दुवैलाई शिक्षालाई पहुँचयोग्य, आकर्षक र समावेशी बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको गुलरिया, मधुवन र बढैयातालमा ‘गल्र्स स्ट्यान्डिङ स्ट्रङ’ परियोजना अभिमुखिकरण

१७ जेष्ठ २०८२, शनिबार २२:१७
बर्दिया :  बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियामा सञ्चालित ‘गल्र्स स्ट्यान्डिङ स्ट्रङ’ परियोजना अन्तर्गत गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकामा अभिभावक शिक्षा तथा समुदायको सहभागिता सम्बन्धी एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ । सो कार्यक्रममा मावि तथा आधारभुत विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभगीता रहेको थियो […]

ताजा अपडेट