२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले मनायो बुद्ध जयन्तीसँगै अन्तर्राष्ट्रिय नर्सिङ डे



कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले २५६९औँ बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय नर्सिङ डेको अवसरमा गौतम बुद्ध र फ्लोरेन्स नाइटिङ्गेलको योगदानको बारेमा चर्चा गरि मनाईयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार बिएनले जसरी गौतम बुद्ध र फ्लोरेन्स नाइटिङ्गेल आफ्नो कर्ममा सफल भए त्यसरी नै सबै व्यक्ति मन, वचन र कर्मले आफ्नो क्षेत्रमा लाग्नु पर्ने बताए । उनले सफल हुनको लागि हामीले आफ्नो उद्देश्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए ।

अस्पतालका उपनिर्देशक प्रा डा. दिनेश श्रेष्ठले नर्सिङ दक्ष जनशक्ति देशमा हुँदैहुँदै पनि उनीहरूको उचित सम्मान हुन नसकेको बताए । उनले नर्सिङ पेशामा आवद्ध भएका सबैलाई आफ्नो कर्ममा तल्लीन र दत्त चित्त भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा अस्पतालका सम्पर्क अधिकृत रामकृष्ण हमालले बुद्धको नामबाट स्थापना भएको पश्चिम नेपालकै ठुलो स्वास्थ्य संस्थाले सेवा दिएर धेरैको ज्यान बचाउन सफल भएको बताए । उनले लेडि अफ त ल्याम्प भनेर चिनिएकी फ्लोरेन्स नाइटिङ्गेलको योगदानको स्मरण गर्दै दिन रातदिन नभनी आफ्नो काममा खटेका सम्पूर्ण नर्सिङ पेशामा आवद्ध भएका सबैको योगदानले स्वस्थ्य समाज निर्माणमा सघाउ पुगेको बताए ।

वरिष्ठ नर्सिङ अधिकृत सावित्रा पाण्डेले शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ्य भएको व्यक्तिले मात्रै सहि तरिकाले स्वास्थ्य सेवा दिन सक्ने बताइन् । त्यस्तै वरिष्ठ नर्सिङ अधिकृत यशोदा के.सी.ले फ्लोरेन्स नाइटिङ्गेलको जीवनीको बारेमा प्रस्तुतीकरण राखेकी थिइन् ।

नर्सिङ अधिकृत मन्जु थापा र सहायक मेट्रोन बसन्ती कुँवरले सादा पोशाकका स्वास्थ्यकर्मीकै कारण समग्र स्वास्थ्य क्षेत्र सफल भएको चर्चा गरिन् । अस्पतालका निमित्त मेट्रोन गोमा पोखरेलले स्वास्थ्य पेशाकै मेरुदण्डको रुपमा नर्सिङलाई लिइने भएकाले आफुहरू सबैलाई खुशी लागेको बताइन् ।

कार्यक्रममा लर्ड बुद्ध एजुकेशनल एकेडेमीका उपनिर्देशक डा.श्याम कुमार शर्मा, फार्मेसी प्रमुख सन्तोष कोइराला, अस्पतालका लेखाप्रमुख डिल्ली भुसाल, नर्सिङ संयोजक सीमा भारती, अस्पताल प्रशासन प्रमुख सन्जय पन्त, लगायत स्वास्थ्यकर्मीहरूको उपस्तिथि रहेको थियो ।

 

प्रकाशित मिति : २०८२ वैशाख २९ गते सोमबार
ताजा समाचार