घोडा खच्चड पालक कसगढ समुदायलाई लैङ्गिक समानता विषयक अभिमुखिकरण

सदरलाइन संवाददाता १२ जेष्ठ २०८२, सोमबार १८:१६
 

नेपालगञ्ज : नेपालगञ्जमा घोडा खच्चड र गधा पालक कसगर समुदायका किसानलाई लक्षित गरी लैङ्गिक समानता विषयक अभिमुखिकरण गरिएको छ ।

द ब्रुक हस्पिटल फर एनिमल युकेको आर्थिक सहयोग तथा पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाको आयोजनामा नेपालगञ्जका कसरगर समुदायका महिला तथा पुरुषलाई लैङ्गिक समानताका विषयमा अभिमुखिकरण गरिएको हो ।

नेपालगञ्जमा कसगर समुदायका पुरुषले मात्र घर बाहिर गएर काम गर्ने र महिलाहरु घरमै बसेर चुलो चौकोमा समय बिताउने भएको कारण उनीहरुको आम्दानीको स्रोत अत्यन्तै न्यून हुने भएकोले महिला पुरुष दुबैलाई आम्दानी हुने काममा जोड्ने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवाका पशु चिकित्सक डा प्रमोद कुमार चौधरीले कसगर समुदायमा पुरुषले घरबाहिर निस्केर काम गर्ने तर, महिला घरमै बस्ने गरेको पाईएकोले उनीहरुलाई लैङ्गिक समानताका विषयमा अनुशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने–‘ महिलाहरु पनि अवसर पाए काम गर्न सक्षम छन भन्ने सन्देश दिन एकै घरका महिला तथा पुरुषलाई राखेर अनुशिक्षण गरिएको हो ।’ नेपालगञ्ज–५ एमपी स्कुल रोडका कसगर समुदायका पुरुषहरु प्राय ईटाभट्टामा, माटाका भाँडा बनाउने वा ज्याला मजदुरी गर्न गएपनि महिला भने घरधन्धामा नै रमाउने गरेको पाईन्छ ।


नेपालगञ्ज –५ का मोहम्मद आशिक जसगढले आफुहरुको समुदायमा छोरीको विवाह २० वर्ष मुनी नै गरिदिनु पर्ने बाध्यता रहेको बताए । उनले भने–‘ दाईजो भोज भतेरको झण्झटका कारण हाम्रो समुदायका छोरीहरु २० वर्ष नपुग्दै विवाह गरिदिने गरेका छौ । २० वर्ष काटेर विवाह गर्दा दुलाह नै पाउन गाह्रो हुन्छ त्यसैल ।’

उनले समुदायका महिलाहरु कामका लागि बाहिर जाँदा पढाई भएको कारण भनेको जस्तो काम नपाउने, समान ज्यालाको समस्या भएकोले पनि घरमै घरको कामकाज गरेर बस्ने गरेको दाबी गरे ।

नेपालगञ्ज–५ कै रेश्मा कसगरले आफुहरुले पढ्न नपाएको दुखेसो गर्दै भनिन–‘ हामीले पढ्न पाएनौ, अवसर पनि अझसम्म कुनै पाएका छैनौ काम पाएमा हामी पनि कम छैनौ तर, के गर्ने काम माग्न जाँदा पढाई सोध्छन, पढेको छैन भनेपछि चासो दिदैनन । हिस्स परेर फर्कनु पर्छ ।’

आयोजक संस्था पशु स्वास्थ्इ तालिम तथा परामर्श सेवाले उनीहरुको समुदायलाई लक्षित गरी लैङ्गिक समानता सम्बन्धित अभिमुखिकरण कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य उनीहरुको समुदायमा रहेको विपन्नतालाई हटाउनु रहेको पशु प्रविधिक मंगलबहादुर थारुले जानकारी दिए ।

सो अभिमुखिकरणको सहजिकरण पुजा यादवले गरेकी थिईन । उनले महिला पुरुषले समान ज्याला पाउनु पर्ने कानूनी प्रावधान, अधिकारको क्षेत्रमा पनि बराबर हैसियत रहेको अझ खासगरी महिलाका अधिकारका बारेमा सहभागिलाई जानकारी गराएकी थिईन ।

  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हर्ष कृती माहाविहारको अध्यन प्रतिवेदन सार्वजनिक

१२ जेष्ठ २०८२, सोमबार १८:१६
नेपालगञ्ज  : नेपालगञ्जमा रहेको हर्ष कृती माहावीहारको अध्यन प्रतिवेदन सार्वजनिक भएको छ । नेपालगञ्ज उच्च वार एसोसिएसन, बाँकेका अध्यक्ष चित्रबहादुर शाही संयोजक रहेको सात सदस्य कार्यदलले उक्त प्रतिवेदन उपमाहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई कार्यकक्षमा हस्तान्त्रण गरेर सार्वजनिक गरेको हो । धार्मिक स्थल बागेश्वरी मन्दीर पसिरभित्र रहेको बौद्ध बिहार हर्षकृती बौद्ध माहाविहारको […]