‘गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै’

सदरलाइन संवाददाता १५ जेष्ठ २०८२, बिहीबार १७:२८
 

नेपालगन्ज : नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले गणतन्त्र बिचौलिया र दलालहरूको नियन्त्रणमा जाने खतरा बढ्दै गएको बताएका छन । गणतन्त्र दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमको कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाले जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको जिकिर गरे।

 

ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका दृढ रहेको अध्यक्ष शाहले उल्लेख गरे । लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने उनले भताए । पालिका स्तरमा नै जनतालाई गणतन्त्र आएको अनुभुति गर्ने गरी काम गरिरहेको बताउदै उनले गणतन्त्रकै कारण नरैनापुरको मुहार फेरिएको दावि गरे ।


 

यस्तै कार्यक्रममा सहायक प्रशासकीय अधिकृत भरत महतोले गणतन्त्र दिवसको शुभकामना दिदै जनताले सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको प्रणालीको संरक्षण र विकास गर्नु सबैको कर्तव्य भएकोले कर्तव्य पालनामा इमान्दारी र निष्ठाका साथ क्रियाशील रहन आवश्यक रहेको बताए ।

 

कार्यक्रममा बडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा ३ का वडा अध्यक्ष अजय मौर्य, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक गणेशराज उप्रेती, सशस्त्र प्रहरी निरिक्षक सुशील केसी, महिला शाखा प्रमुख कृष्णा चन्द्र, क्राते प्रशिक्षक नरहरि नाथ योगी, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, राजेश्व शाखा प्रमुख मुक्दर अलि मुकेरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रममा ४ जना कराते खेलाडीहरुलाई ब्ल्याक बेल्टबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाल संरक्षण तथा मानब बेचबिखनका घटना ब्यबस्थापन तालिम

१५ जेष्ठ २०८२, बिहीबार १७:२८
राजापुर  :  मानब बेचबिखन नियन्त्रण समितिका सदस्य तथा सरोकारवालालाई बालसंरक्षण तथा मानबबेचबिखनका घटना ब्यबस्थापन बारे ३ दिने तालिम राजापुरमा सम्पन्न भयको छ । प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको साझेदारीमा सुरक्षा परियोजना अन्तर्गत राजापुर नगरपालिकाको आयोजना संचालित सो तालिममा पालिकाका उप प्रमुख, महिला बालबालिका शाखा प्रमुख स्वास्थ्य शाखा प्रमुख, […]